हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते, यस्तो छ अवस्था

Uncategorized

हुम्ला, २२ कात्तिक । सीमा निरीक्षणका लागि हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । शुक्रबार मुगु हुदै हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडा चढेर सिमकोट गाउँपालिका–३ को तोर्पा जाने क्रममा हुडिक गाउ नजिकै लड्दा टाउकोमा चोट लागेर घाइते भएका हुन् ।

घाइते मुख्यमन्त्री शाहीलाई माउन्टेन एयरको हेलिकोप्टरबाट उपचारका लागि सुर्खेत लगिएको छ । शनिबार मुख्यमन्त्री शाहीको हिल्सा र लिमी जाने कार्यक्रम रहेको भएपनि हेलिकोप्टरलाई उडान अनुमति नआएपछि हिल्सा र लिमी जाने कार्यक्रम आइतबारका लागि सरेपछि सदरमुकामबाट सिमकोट गाउँपालिका वडा तीनको तोर्पा, बरगाउँ र लिमाटाङ्गमा रहेका योजना अनुगमन गर्न गएका मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते भएका हुन् ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायहरुले घोडामा चड्नका लागि स्वागत गरेपछि उक्त घोडाबाट लडेर सामान्य घाइते भएका हुन् । मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइते भएका शाहीको अवस्था सामान्य रहेको मुख्यमन्त्री सचिवालय श्रोतले जनाएको छ ।

मुख्यमन्त्री शाहीलाई सिमकोटबाट गएको हेलिकप्टरले सिमकोट–३ बरगाउको बागचाल्नाबाट उद्दार गरी सदरमुकाम ल्याई थप उपचारका लागि सुर्खेत लगिएको छ ।

मुख्य शाहीसँगै कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता एवं काँग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता एवं कृषि मन्त्री बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको पनि उस्थिति रहेको थियो ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *