अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा बाइडन र ट्रम्पले अब कहाँ जित्न आवश्यक छ त ?

समाचार

एजेन्सी, । जो बाइडनका लागि ह्वाइट हाउसको ढोका खुला हुन उनले पेन्सिल्भेनिया एउटामा मात्रै वा नर्थ क्यारोलाइना,जोर्जिया, एरिजोना र नेभाडा मध्ये दुई वटामा जित्नुपर्ने रहेको छ ।इलेक्टरल मत ३ वटा रहेको अलास्कामा बाइडनलाई ठूलो मत अन्तरले पछि पारेका डोनाल्ड ट्रम्प राष्ट्रपतिमा कायम रहन उनले पेन्सिल्भेनियामा जित्नै पर्ने देखिन्छ।

त्यससँगै नर्थ क्यारोलाइना,जोर्जिया, एरिजोना र नेभाडामध्ये तीनवटामा उनले जित्न आवश्यक हुनेछ। तर उनले जोर्जिया गुमाएर अन्य राज्यमा जिते र बाइडनले जोर्जियामात्र जितेमा दुवैको बराबर २६९ मत हुनेछ।

पेन्सिल्भेनियामा २०, जोर्जियामा १६, नर्थ क्यारोलाइनामा १५, एरिजोनामा ११ र नेभाडा ६ इलेक्टरल मत छन्। राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टरल मत आवश्यक पर्छ।

डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई अझै १७ मत आवश्यक छ भने ट्रम्पलाई ५६ मतको खाँचो छ। बीबीसीको सहयोगमा

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *