सुनचाँदीको मुल्य कात्तिक महिनाकै उच्च कति पुग्यो हेर्नुहोस्

समाचार

आइतबार सुनचाँदीको मुल्य यो महिनाकै उच्च कायम भएको छ ।

कात्तिक महिनाको २३ गतेसम्म आइपुग्दा आज मुल्य ९७ हजार ७ सय कायम भएको छ । यो मुल्य यो महिनाकै सर्वाधिक मुल्य हो । कात्तिकको १ गते ९४ हजार ७ सय मा कारोबार भएर सुरुवात भएको सुनको मुल्य सो मुल्यभन्दा तल झरेको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन ९७ हजार ७ सय र तेजावी सुन ९७ हजार २ सय मा कारोबार भएको छ । शुक्रबारको दिनको तुलनामा आजको मुल्य तोलामा ५ सय रुपैंयाले बढी हो । शुक्रवार तेजावी सुन ९७ हजार २ सय र तेजावी सुन ९६ हजार ७ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य तोलाको १२ सय ७५ मा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यो मुल्य २० रुपैंया बढी हो ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *