डा. केसीलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री ओलीले गरे यस्तो ट्विट

समाचार

काठमाडाैं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नेफ बताउनुभएकाे छ  ।

शनिबार बिहान सामाजिक सञ्जाल मार्फत डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै प्रधानमन्त्री ओलीले उहाँकाे  उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताउनुभएकाे हाे । बिहीबार गरिएको पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियाे ।

‘कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु,’ ट्वीटरमाफर्त भन्नुभएकाे छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *