करिश्मा मानन्धरः उमेर पचपन, पहिरन बचपन स्टेजमा यति सम्म भयो पुरा हेर्नुहोस्…

समाज

करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन्। केही फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन्। १६/१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन ।
तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ।
केहि बर्ष पहिला आफ्नै छोरीले डेब्यु गर्न लागेको फिल्मको कार्यक्रममा छोरीले भन्दा छोटो लुगा लगाएपछि निकै चर्चा भयो। पति विनोद मानन्धरका साथ शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा छोरीलाई शुभकामना दिन पुगेकी करिश्माले यस्तो लुगा लगाएकी थिइन्, जहाँ उनलाई लुगा सम्हाल्नै धौधौ परेको थियो।

करिश्माको फेसन ब्लन्डर यो पहिलो पटक भने होइन । यसअघि पनि करिश्मा बारम्बार वार्डरोब मालफंक्सनको शि कार बनेकी थिइन्। स्तनको माथिल्लो भागमा ट्याटु खोपाएकी करिश्माले एक पटक ट्याटु देखाउने चक्करमा स्त नको सम्पूर्ण भाग देखाएकी थिइन् भने सोही समयमा उनको रातो रङको पे न्टी पनि फोटोग्राफरको क्यामरामा कै-द भएको थियो।
सार्वजनिक कार्यक्रममा जाँदा अभिनेत्रीले पहिरनमा ख्याल गर्नुपर्छ । अझ पत्रकारका सामु मञ्चमा बस्नु छ भने त झनै सतर्क हुनुपर्छ तर करिश्माले लगाएको पहिरन हेर्ने सबैले भन्थे, ‘उमेर लगभग पचपन, पहिरनमा भने बचपन !’
तरपनि पछिल्लो समय राजनितीबाट टाढा भएकी करिश्मामा पहिलाभन्दा केहि परिपक्क भएको पाउन सकिन्छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *