बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सि’ध्याए

समाचार

काठमाडौं । एक व्यक्तिले बुहारीसँग बलपूर्वक सम्बन्ध कायम गरेर छोराको जीवन समाप्त पारेका छन् । भारत, उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा सुरक्षा गार्डले आफ्नी बुहारीसँग त्यस्तो काम गरेका हुन् ।

दुई दिन पछि घर फर्केका छोराले विरोध गरेपछि उनले छोराको जीवन समाप्त पारेका हुन् ।

सुरक्षा गार्डले आफ्नी श्रीमतीलाई समेत बाँकी राखेन । जो छोराको जीवन समाप्त गर्दै गर्दा कोठामा पुगेकी थिइन, तर उनी बाँच्न सफल भइन् । आरोपितले आफ्नो कान्छो छोरासँगै मिलेर घटना घटाएका हुन् । पीडितकी बुहारीको तर्फबाट ससुरा र देवरको बिरूद्ध उजुरी दायर गरिएको छ । पीडित महिलाका अनुसार ससुरालाई उनले सधैं बुबाको रुपमा मान्दै आएकी थिइन् ।

तर उनले बुहारीको सम्बन्धलाई गलत रुपमा लिएका हुन् । आफ्ना ससुराले आफुमाथि बलपूर्वक सम्बन्ध राखेको आरोप लगाएकी छिन् । उनले अरुका ससुराहरू पनि यस्तै हुन्छन् ? भन्दै प्रश्न गरेकी छिन् । पीडित महिलाको आँखामा घटना बताउँदा आँसु भरिएको थियो । उनका अनुसार उनका ससुराले उनीसँग बलपूर्वक सम्बन्ध राखेर उनका पतिको जीवन पनि समाप्त पारेका छन् ।

उनले भनिन्, ‘मेरो संसार सकियो । यसभन्दा अघि पनि ससुराले मलाई गलत काम गर्ने प्रयास गरेका थिए । मैले केही गरी आफैलाई बचाएको थिएँ । मैले उनलाई फेरि मसँग कुरा नगर्न भनेकी थिँए ।’ उनले थप्दै भनिन्, उनले २५ नोभेम्बरमा मसँग बलपूर्वक सम्बन्ध राखे । जब मैले यसको विरोध गरेँ, उनले भने कि ससुरा र पिताको बिचमा भिन्नता हुन्छ । मलाई थाहा थिएन ससुरा पनि यस्तै गर्न सक्छन् ।

उनीहरूले मेरो लोग्नेको जीवन समाप्त पारे र मेरी सासूलाई पनि सिध्याउन खोजे । मेरो कान्छो देवर पनि ससुरासँगै छन् ।’ पुलिस अधीक्षक नगर अमित आनन्दले भने कि पीडितको तहरीरमा आरोपी सुरक्षा गार्ड र उनको छोराको बिरूद्ध उजुरी दर्ता गरिएको छ । सुरक्षाकर्मी ससुरा देवरविरुद्ध बलपूर्वक सम्बन्ध राखेको र जीवन लिएको भन्दै उजुरी दर्ता गरिएको छ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *