गुड्दागुड्दै हिरो एक्सपल्स २०० मा आ’गलागी, घटना सार्वजनिक नर्गन शोरुमको यस्तो दबाव (भिडियोसहित)

समाचार समाज

काठमाडौं। नेपाली बजारमा पछिल्लो समय निकै लोकप्रिय मोटरसाइकलमा आगो लागेको भिडियो समाजिक संजालमा भाइरल भएको छ । गुड्दै गरेको मोटरसाइकलको सिट मुनीबाट आगो बल्न शुुरु भएको देखिन्छ।

सो भिडिओ सामाजिक संजालमा भाइरल भएपछि यो मोटरसाइकलको ट्रोल भइरहेको छ।

यो घटना आज भन्दा एक महिना अगाडि घटेको पीडित मोटरसाइक धनी विकाश आर्चायले भने । ‘१ महिना अगाडि किनेको ३ दिनपछि नै अफिसबाट घर जाँदै गर्दा केहि समय गुडेपछि मोटरसाइकल अत्याधिक तातेको महशूस भयो । एकै छिनमा सिटबाट तातो आएपछि मोटरसाइकल रोक्दारोक्दै आगो बल्न शुरू भयो । एकै छिनमा मोटरसाइकल जलेर नष्ट भयो । धन्न आफूलाई केही भएन,’ आर्चायले भने।

एक्सपल्स २०० टेष्ट राइड गरेपछि आफूलाई मन परेको र यही मोटरसाइकल किनेको आर्चायले बताए । सवारी साधन हो केही न केही समस्या त आउछ । तर त्यसको समाधान आफूले नपाएको भन्दै आर्चायले कम्पनीप्रति नै प्रश्न गरेका छन्।

‘एक महिना अघि नै घटना बारे जानकारी दिँदा कम्पनीले यो कुरा बाहिर नल्याउन भन्यो । केही दिनमा नै तपाईंको समस्या समाधान हुन्छ । मोटरसाइकलमा आगो लाकेको कुरा बाहिर नल्याउन हिरो मोटसाइकलको आधिकारिक शोरुम बाग्लुङले दबाव दियो,’ आचार्यले भने।

यस विषयमा हिरो आधिकारिक वितरक एनजीएम हिरोमा सम्पर्क गर्दा दुर्घटनमा भएको र दुर्घटनमा परेको मोटरसाइकल कम्पनीले काठमाडौं ल्याएको जानाकारी दिएको छ।

‘मोटरसाइकलमा आगलागी हुनु निकै चिन्ताजनक विषय हो, एक्सपल्सको लाखौं यूनिट भारतमा नेपाल लागयतका देशमा गुडिरहेका छन् । यस विषयमा उत्पादक कम्पनी हिरोमोटो कर्प बाटनै विशेषज्ञहरु आएर अनुसन्धान गरिरहेका छन् । चाँडै समस्या पहिचान गरी हामी पीडित पक्षको समस्या सम्बोधन गर्छौ’, एनजीएम हिरोको चेयरम्यान अभिक ज्योतिले मेरोअटोसँग भने। भिडियो

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *