राजाबादी हरुको आन्दो’लन प्रति भट्टराईको यति धेरै टाउको दुखाइ किन ? दिए फेरी यस्तो अ’भिब्यती !

समाचार समाज

काठमाडौं। इ नेपालिसमचार : जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको कार्यक्षमता कमजोर भएका कारण राजावादीहरू सलबलाउन थालेको बताएका छन्। गणतन्त्रलाई बलियो बनाउने भन्दा पनि यसलाई विकृत बनाउने काममा सरकार उद्धत रहेकोले राजावादीहरूले मौका पाएको भट्टराईको तर्क छ।

पछिल्लो समय देशका विभिन्न स्थानमा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन भइरहेको छ। सोही विषयतर्फ लक्षित गर्दै डा. भट्टराईले सामाजिक सञ्जाल मार्फत राजतन्त्रले थुपारेको निरंकुशता, गरिबी, बेरोजगारी, भ्रष्टाचार, जातीय/क्षेत्रीय/लैंगिक विभेद, पराधीनताको फोहर गणतन्त्रले मात्र सफा गर्ने बताएका छन्। उनले राजतन्त्रले थोपारेको फोहोर पुनः त्यही राजतन्त्रले सफा गर्न नसक्ने उनको भनाई छ।

देशमा पुनः राजतन्त्र फर्काउन खोज्नु भनेको फेरी त्यही फोहोरको डुंगुरमा देशलाई डुबाउनु भएको भट्टराईको भनाई छ। उनले लेखेका छन्, ‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न: २४० वर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरिबी, बेरोजगारी, भ्रष्टाचार, जातीय/क्षेत्रीय/लैंगिक विभेद, पराधीनताको फोहर १२वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?’

यो पनि पढ्नुहोस 

निरंकुश राजतन्त्रको अन्त्यपछि नेपाली जनताले परिवर्तित व्यवस्थासँगै स्थिरता र विकासको चाहना राखेका हुन् । यही चाहनाका कारण परिवर्तनमा मुख्य भूमिका खेल्ने राजनैतिक दलहरु जनताको रोजाइमा परेका हुन् । तर पछिल्लो समय राजतन्त्रको अन्त्यसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका लागि कठिन संघर्ष गरेका दलहरु नै आ-आफ्ना आन्तरिक झगडामा फसेपछि जनतामा निराशा बढेको छ र पुरातनवादी शक्तिहरु सल्बलाउन थालेका छन् ।

केही दिनयता राजधानी काठमाडौं लगायत मुलुकका मुख्य मुख्य स्थानमा हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा नाराजुलुस र सभाहरु भइरहेका छन् । यस्ता सभाहरुमा पुरातनवादी शक्तिहरुको नेतृत्व देखिन्छ भने राजतन्त्रको पीडा नभोगेको र 0४६/0४७ सालपछि मात्रै जन्मिएको युवा पुस्ताको उपस्थिति बढी देखिन्छ । गणतन्त्रका लागि लडेको पुस्ताको नेतृत्वमा सरकार सञ्चालन भइरहेको परिवेशमा जनताले पराजित गरेका र इतिहासमा असफल साबित भइसकेका पुराना शक्ति सक्रिय हुनु र त्यसमा मुलुकको भोलिको भविष्य बोकेको नयाँ पुस्ताको सहभागिता बढ्नु वास्तवमै दुर्भाग्यपूर्ण छ ।

खासगरी सत्ताको बागडोर सम्हालेको र मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उत्पन्न अन्तरविरोध, सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को नाम बदलेर ‘नेपाल’ मात्रै राख्ने निर्णय गरेको सन्दर्भ र आफ्नै आन्तरिक झन्झटमा फसेर निस्क्रियजस्तो बनेको प्रमख प्रतिपक्ष कांग्रेसको नयाँ व्यवस्था लागू गर्ने मामिलामा स्पष्ट र प्रभावकारी भूमिका नदेखिएको पृष्ठभूमिमा राजसंस्थाका समर्थकहरुले सल्बलाउने ठाउँ पाएको देखिन्छ ।

पश्चगमनकारी सल्बलाउने मौका पाउनुमा सरकारी भूमिका
चुनावमा जनतासँग आर्थिक विकासका ठूला ठूला सपना बाँडेको, स्थायित्वको नारा दिएको र समाजवादी व्यवस्थाको जग हाल्नेगरी काम गर्ने वाचा खाएको सत्ताको नेतृत्व गरेको दल नेकपा नेतृत्वको सरकार पुराना कसम बिर्सेर ‘कुहिरोमा हराएको काग’ जस्तो बन्नुले पश्चगमनकारी शक्तिले सल्बलाउने मौका पाएको प्रष्ट छ ।

इतिहासको कठघरामा हराएको राजतन्त्रको सम्झना दिलाउने गरी सरकारसम्बद्द मानिसहरु प्रस्तुत हुनु, जनताको बीचमा राखिएका वाचा बिर्सेर राजसंस्थाकै झल्को दिने गरी पद, अवसर, मान एवं प्रतिष्ठाको खोजीमा भौंतारिनु, सत्तामा पुर्याएको दल र व्यवस्था बदल्न जिन्दगी अर्पण गरेका नेताहरुसँग उचित समन्वय नगर्नुु, भ्रष्टाचारको अन्त्य गर्न नसक्नु र मुलुकको बौद्दिक तप्कालाई नजर अन्दाज गर्नुजस्ता अस्वभाविक गतिविधि सरकार र त्यसको नेतृत्वबाट भइरहनुले राजावादीहरु झन झन उत्साहित भइरहेका छन् ।

वर्तमान सरकारले एकातिर जनतालाई प्रभावकारी ‘डेलिभरी’ पनि दिन नसक्ने र अर्कोतिर आफ्नै पार्टीको समेत विश्वास जित्न नसकेर प्रभावहिन बन्दै जाँदा मुलुकमा अस्थिरताको बादल मडारिन सक्ने खतरा उत्पन्न भएको छ । त्यसैले समय छँदै सरकारले आफ्नो पार्टीको विश्वास जित्दै प्रतिपक्षसँग पनि राम्रो समन्वय गर्न सक्नुपर्छ र फेरि पनि आजको व्यवस्थाका पक्षपाती सम्पूर्ण शक्ति मिलेर नै व्यवस्था सफल बनाउनुको विकल्प छैन भन्नेमा गम्भीर बन्नैपर्छ ।

प्रमुख राजनीतिक शक्ति नेकपाको जिम्मेवारी
सत्तारुढ भएकाले नेकपाले के बुझ्नुपर्छ भने २०४६ सालको परिवर्तनपछि पूर्ण बहुमत पाएर बनेका सबैजसो सरकार आफ्नै दलसँगको समन्वय अभावका कारण पूरा अवधि टिकेका छैनन र ढलेका छन् । यदी दुई तिहाइ जनमत प्राप्त गरेको वर्तमान सरकारले पनि यस्तो नियति भोग्ने अवस्था आए त्यो नेकपाको लागि त दुर्भाग्य हुनेछ, हुनेछ, मुलुक र जनताका लागि पनि बर्बादीको बाटो बन्नेछ ।

मुख्य राजनीतिक शक्ति भित्र विग्रह ल्याउने पुरातनवादीहरुको सोच र योजना नेकपाले चिनेर अघि बढ्न आवश्यक छ । हुन त आफ्ना पालामा बनेका पुराना सरकारहरुको नियती पनि नेकपाका नेताहरुलाई राम्रैसँग महशुस हुनुपर्छ । यस्तो अवस्थामा पार्टीभित्रै व्यक्तिवाद, स्वार्थ र समन्वयमा अभाव बढ्ने हो भने पूँजिवादीहरुको सक्रियता बढ्नेतर्फ नेकपाले सचेत बन्नेपर्छ ।

राजावादीहरुलाई हौस्याइरहेको नेकपाको विवादलाई अन्त्य गरी विश्वासिलो र भरपर्दो ढंगले सरकार सञ्चालन गर्नुको विकल्प छैन । यसका लागि राजतन्त्रकै झल्को दिने व्यक्तिवादबाट मुक्त भई नेताहरु सामूहिकतामा अघि बढ्न जरुरी छ । नेकपा शान्त भए देश शान्त हुने र नेकपा अशान्त भए देश नै अशान्त हुने विद्यमान संवेदनशीलतालाई प्रमुख नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले विशेष ढंगले बुझ्न आवश्यक छ ।

हराएको प्रतिपक्ष
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफू मुलुकको प्रतिपक्षमा रहेको बेला पुराना शक्तिहरुले प्रतिपक्षको भूमिका निभाइरहेको देख्दा लाज मान्नुपर्ने हो । विद्यमान व्यवस्थाकै प्रतिपक्षहरु सडकमा सल्बलाइरहेका बेला यही व्यवस्थाको लागि लडेको कांग्रेसजस्तो पार्टी चुप बस्नु विडम्बनापूर्ण छ ।

‘लामो इतिहास बोकेको देशको मुख्य प्रतिपक्ष दल हुँ’ भन्ने तथ्य नेपाली कांग्रेसले बिर्सिन पाइँदैन । कांग्रेसले सरकारका कस्ता-कस्ता कमजोरीका कारण सडकमा राजावादी बढ्दैछन् भन्नेबारे सरकारलाई खबरदारी नगर्नु दु:खद छ । कांग्रेसले बरु वर्तमान व्यवस्थाका विरुद्द हुने गतिविधि रोक्नेगरी देशभर अभियान सञ्चालन गर्नुपर्ने हो । व्यवस्थामाथि नै हमला हुँदा सत्तापक्ष र प्रतिपक्ष हुन्न भन्ने विषयको ख्याल कांग्रेसले नगर्ने हो भने जनताले नेकपालाई मात्रै होइन, कांग्रेसलाई पनि प्रश्न उठाउने निश्चित छ ।

यसरी सरकारले जनचाहना बमोजिम काम गर्न नसक्नु, नेकपा र उसकै नेतृत्वको सरकारबीच उचित समन्वय नहुनु र प्रतिपक्ष नेपाली कांग्रेस लगायतका गणतन्त्रवादी शक्तिहरु आन्तरिक कलहमा फस्नुजस्ता कारणहरुले नै राजावादीहरुले टाउको उठाउने मौका पाएका हुन । त्यसैले प्रमुख शक्तिहरुले सडकका जुलुसहरु आ आफ्नो कमजोरीका परिणाम रहेको स्वीकारेर ‘करेक्शन’ को बाटोमा लाग्नु नै उत्तम देखिन्छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *