जानी राखौ कुन राशिका मानिसले के मन्त्र जप्दा हुन्छ धन प्राप्ति ? मिल्दछ यस्तो फल

समाचार

इ नेपालिसाचार काठमाडौँ।  हरेक व्यक्तिले सुखी जीवनका लागि धन प्राप्ति गर्न मेहनत गरिरहेको हुन्छ । अहिलेको समयमा त धन अर्थात पैसा एक आधारभूत आवश्यकता नै बनिसकेको छ ।

त्यसैले हिन्दी भाषामा एक भनाइ पनि छ – ‘बाप बडा ना भैया, सबसे बडा रुपैयाँ !’

तपाईंको गोजीमा पैसा नहोस्, बैंक खातामा पनि रकम नहोस्, सोच्नुस् त ! तपाईंको हालत के हुन्छ ? पैसा बिनाको जीवन कुनै पनि मानिसले कल्पना गर्न चाहँदैन ।

त्यसैले यसलाई प्राप्त गर्नका लागि केही मानिसहरुले थुप्रै प्रकारका जादु–टुनासमेत सिक्ने गरेका छन् । तर तपाईंलाई थाहा छ ? हिन्दूधर्म शास्त्रमा पनि धन प्राप्तिका लागि उपायहरु उल्लेख गरिएका छन् ।

हरेक मान्छेको एक चन्द्र राशी हुन्छ । र, हरेक चन्द्र राशीको एक स्वामी ग्रह हुन्छ । त्यस्तै हरेक ग्रहको एक इष्टदेव पनि हुन्छ । यदि हामीले आफ्नो इष्टदेवलाई प्रसन्न गर्‍यौँ भने व्यापारिक तथा वित्तिय समस्या अन्त्य हुन सक्छ ।

आउनुहोस्, आफ्नो राशीअनुसारको इष्टदेव र उनलाई प्रसन्न गर्ने मन्त्रबारे जानकारी राखौँ । जसले तपाईंको जीवनमा धन सम्बन्धी समस्याको अन्त्य होस् ।

मेष
मेष राशीको स्वामी मंगल ग्रह हो । जीवनमा आउने हरेक समस्या समाधानका लागि भगवान हनुमान जीको आराधना गर्ने हो भने तपाईंको लागि सहयोगी हुनेछ ।
मन्त्रः ‘ऊँ हनुमते नमः’ यो मन्त्र दैनिक गरेको खण्डमा आर्थिक तथा वित्तिय क्षेत्रमा तपाईंले लाभ प्राप्त गर्नु सक्नु हुनेछ ।

वृष

वृष राशीको स्वामी शुक्र ग्रहलाई मानिन्छ । वृष जातको धन सम्बन्धी सबै समस्या समाधानका लागि माता दुर्गाको पूजा गरेमा लाभदायक हुनेछ ।

मन्त्रः ‘ऊँ दुर्गादेव्ये नमः’ यो मन्त्र जाप गरेमा वित्तिय समस्या अन्त्य भएर जानेछ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *