मुक्तिनाथको दर्शन स्वरुप ॐ लेखी एक सेयर गर्दै हेर्नुहाेस् आजको राशीफल

समाचार

enepalisamchaar Kathmandu आजको पन्चाङ्ग

वि.सं.२०७७ साल, मंसिर २८ गते, आईतबार, ईश्वी सन् २०२० डिसेम्बर १३ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर, दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–चतुर्दशी,४३ घडी ३८ पला,रातको १२ बजेर १४ मिनेट उप्रान्त औशी । नक्षत्र– अनुराधा,४७ घडी ४५ पला,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त ज्येष्ठा । योग–सुकर्मा,०४ घडी ०७ पला,बिहान ०८ बजेर २६ मिनेट उप्रँन्त धृति । करण–भद्रा,दिउसो ०१ बजेर २० मिनेट उप्रान्त शकुनी,रातको १२ बजेर १४ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट, दिनमान २५ घडी ५३ पला, बाला–चतुर्दशी, बालाचह्रेपूजा, शिवालय परिसरमा शतबीज छर्ने दिवस ।

हेर्नुहाेस् आजकाे राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ। प्राथमिकताका आधारमा काम गर्न नसकिएला। मध्यान्हबाट पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । पढाई लेखाई बिग्रने भएले सताउनेछ भने पढाई लेखाईको लागि यात्रामा समस्या निम्तन सक्छ । प्रेममा अबिश्वास बढ्ने हुनाले सन्तुलित व्याबहार गर्नुनै उचित हुनेछ ।सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । व्यापारकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्ने समय छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थी यात्रा रमाइलो रहनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आफन्तको साथले नयाँ आशा जगाउनेछ। माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) विभिन्न कामको अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । व्यापार व्यावासायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरियो यात्रा गर्न सकिनेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी कामले लाभ दिलाउनेछ। समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेमका कोपिलाहरु नचाहादा नचाहादै फक्रन नपाउँदा मनमा तनाब पैदा हुनेछ । बिभिन्न कारणले अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्यमा पुग्न समय लाग्नेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले काम अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। समय तालिका अनुशार नचल्नाले दुख पाईनेछ भने अरुकै काममा समय बित्नेहुदा आफ्नो काम थाति रहनेछ । अरुको लहैलहैमा लागेर व्यापार व्यावसायमा लगानि गर्दा लगानि डुब्ने प्रबल सम्भावना रहकोछ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर जग्गा तथा पशुपालन व्यावसायमा समय खर्चने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । समयमा काम नसकिने हुँनाले मान सम्मानमा कमिको महशुस हुनेछ । माया प्रेममामा एक अर्काबिच केहि समयको लागि टाडिनु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुनेछ । व्यापार व्यावसायमा लगानि गर्नु अघि समयको गहन अध्ययन गरेर मात्र काम सुरु गर्नुहोला समय मध्ययम रहेकोलेछ । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन गर्न सकिनेछ। आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका आफन्त र साथीभाइ नजिकिनेछन्।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । रचनात्मक काममा जुट्ने समय छ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। बेलामा होस नपुर्याउँदा दु:ख पाइनेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। अग्रजहरूको सहमति नजुट्नाले काम रोकिन सक्छ। दिगो काम थाल्न केही समय पर्खनुपर्ने देखिन्छ। हिसाबकिताबमा होसियार रहनुहोला, काम बन्नेछ। अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । आफन्त तथा कुटुम्बलाई समय दिन नसक्दा तपाईबाट टाडिनेछन् । मोजमस्ति तथा रमाईलो तिर ध्यान जादा स्वास्थ्य सम्बन्धि समस्या आउँन सकछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकैनै समय लगानि गर्नुपर्नेछ । आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। बोल्दा वा कुनै सभा समारोहमा सहभागि भई प्रस्तुति दिदा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने घर परिवार तथा आफन्तका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अवसरलाई पछ्याउन नसक्दा काममा पछि परिनेछ। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। तत्कालको सानो फाइदा हेर्दा ठूलाे काम बिग्रन सक्छ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। राजनिति तथा समाजसेवामा जनताको साथ पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात हागी हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग पाईने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। दाजुभाई तथा बुवाबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समयमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। समय र कामकाे तालमेल नहुँदा केही पछि परिनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ। पुराना लेनदेनका मुद्दाहरु किनार लगाउँदै नयाँ काम गर्न सकिनेछ । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले परिणाममुखि काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फन आम्दानिका स्रोत बढाउँन सकिनेछ ।  मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि जग बसाउन सकिनेछ। समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक काम बन्न सक्छ। फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ।

(राशिफलमा जे – जस्तो भए पनि सबैको दिन सुखमय रहोस् । ईश्वर दाहिना रहुन । भगवानले रक्षा गरुन । ॐ शान्ति !! ॐ शान्ति !! ॐ शान्ति !! )

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *