प्रेमीले विवाह नगरेको भन्दै युवतीले हालिन् मुद्दा

समाचार

एजेन्सी, २९  मंसिर । आठ वर्षसम्म सम्बन्धमा रहँदा पनि विवाह नगरेपछि एक युवतीले आफ्ना प्रेमीविरुद्ध मुद्दा हालेकी छिन् । अफ्रिकी देश जाम्बियाकी २६ वर्षीया गरट्रूडे नगमाले २८ वर्षीय प्रेमी हर्बर्ट सलालिकीविरुद्ध मुद्दा दयार गरेको टुको इटकमले जनाएको छ । युवतीले प्रेमीले आफ्नो समय बर्बाद गरिदिएको आरोप लगाएकी छिन् ।

नगमाले आफ्ना प्रेमी सम्बन्धमा रहँदा कहिल्यै पनि सिरियस नभएकोले आफूले मुद्दा दयार गरेको बताएकी छिन् । नगमाले आफ्नो भविष्य के होला भनेर जान्ने अधिकार भएको बताएकी छिन् । नगमाका अनुसार प्रेमीसँग उनको एक सन्तान पनि जन्मिसकेको छ र प्रेमीले विवाहको बचन पनि दिएका थिए । नगमाले अदालतसमक्ष आफू विवाहको प्रतिक्षा गर्दागर्दै थकित भइसकेको बताएकी छिन् ।

यता प्रेमीले भने आफू आर्थिक कारणले तत्काल विवाहका लागि राजी नभएको जानकारी दिएका छन् । स्थानीय प्रचलन अनुसार हर्बर्टले दाइजोको रकम पनि स्विकारिसकेको ती युवतीले बताएकी छिन् । युवतीले अब उनलाई प्रेमीको आचरणमा नै शंका लागिरहेको बताएकी छिन् । सलालिकीको अन्य कुनै महिलासँग अफेयर भएको हुनसक्ने उनले आशंका गरेकी छिन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *