नेहा कक्कडले शेयर गरिन् यस्तो बम्पको तस्विर

समाचार

E nepalisamchaar/एजेन्सी । बलिउड गायिका नेहा कक्कड आमा बन्ने भएकी छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो सेयर गर्दै उनले यसबारे जानकारी दिएकी छन्।

रोहन प्रीत सिंहसँग रोमान्टिक तस्विर शेयर गर्दै उनले गर्भवती भएको बताएकी हुन।
नेहाको गर्भावस्थाको घोषणालाई धेरैले विश्वास गर्न सकिरहेका छैनन्।

उनीहरु दुवैले केही समयअघि मात्रै बिहे गरेका थिए। करिब २ महिना अघि रोहन प्रीतसँग नेहाले विवाह गरेकी थिइन्।

यस्तो अवस्थामा यो समाचार उनका प्रशंसकको लागी मात्रै नभएर सबैको लागी आश्चर्यजनक छ।

सिंगर नेहाको यही बर्षको अक्टोबरमा रोहन प्रीतसँग बिहे भएको थियो। रोहन प्रितसँग प्रेमसम्बन्धमा रहेको घोषणा गरेको केही दिनमा उनीहरूले विवाह भएको थियो।

विवाह पछि उनीहरूले दुबईमा आफ्नो हनिमुन मनाएका थिए। उनीहरूका तस्विर सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन्।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *