गौतमलाई ओलीले दिए यस्ता बम्पर अफर,अब ओलीकै पक्षमा जाने भए गौतम सहित यी नेता ५ नेता !

समाचार

E nepalisamchaar / काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भए संगै दुवै पक्षले आफ्नो केन्द्रिय बैठक गर्दै आएका छन् र आफुलाई नै नेकपाको अधिकारी बताउदै आएका छन् । तर अधिकारी को हो भने निर्वाचन आयोगले टुंगो लगाउने छ ।

यतिबेला नेता हरुको कित्ता काट पनि सुरु बहेको छ तर केहि नेता हरु भने अझै पनि मध्यमार्गी बाटोकै पक्षमा छन्।  यस मध्यका नेता हुन् दुई सचिवालय सदस्य बामदेव गौतम र राम बहादुर थापा बादल।

पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आफ्नो पक्षको बैठकमा मञ्चमा रहेको आसनले वामदेव गौतम र रामबहादुर थापाको खोजी गरेको बताएका थिए। गृहमन्त्री थापा आफू निकटहरूको चर्को दबाव बेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका छन् ।

तर उपाध्यक्ष गौतम अझैँ खुलेका छैनन् तर पनि उनि केपी ओली पक्षमै जाने सम्भावना बढेको छ किन भने उनले धेरै पहिले देखि नै केपी ओलीलाई नै साथ् दिदै आएका छन् भने पछिल्लो समय मा पनि उनि ओलीकै पक्षमा ओकालत गर्दै आएका थिए।

गौतमलाई आफ्नो पक्षमा लेउनाको लागि गौतमलाई फकाउने बिभिन्न अस्त्र प्रयोग भएका छन।  पछिल्लो समय ओलीले गौतमलाई चुनाबी सरकारको रक्षामन्त्रि सहित पार्टीको महत्वपूर्ण जिम्मेवारी सहित आफ्नो पक्षमा ल्याउने तयारी गरेको छ।

। किन मौन छन्, कहिले निधो गर्लान् र कता लाग्लान् उनी ? गौतमका पुराना राजनीतिक सहयात्री एवम् पूर्वमन्त्री हरि पराजुलीका भनाइमा आफ्नो महत्त्वपूर्ण भूमिका रहेको आन्दोलनलाई एकताबद्ध बनाउने उपाय सम्भव रहँदासम्म प्रयास जारी गर्नुपर्ने भएकाले यो वा त्यो समूहमा आबद्ध हुन्नु भन्ने नेता गौतमको धारणा छ ।

तर प्रयास कहिलेसम्म जारी रहन्छरु पराजुली भन्छन्, जबसम्म सर्वोच्च अदालतले फैसला गर्दैन । उनका अनुसार गौतमले देखेको सहमतिको सम्भावनाको सूत्र हो, सरकारले बाँकी दुई वर्षको कार्यकाल पूरा गर्ने र प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन सिफारिस गर्ने सहमति।

उनले भने, ूसर्वोच्च अदालतले फैसला नदिँदै प्रतिनिधिसभा विघटनको सिफारिस फिर्ता लिने प्रावधान रहेको कानुनविद्हरूले बताएको र सर्वोच्चमा निवेदन दिएर पनि हुन्छ कि भनेर उहाँ व्यापक कानुनी र राजनीतिक परामर्शमा हुनुहुन्छ।

तर कतिपयले गौतमले सर्वोच्चको निर्णयका आधारमा कता लाग्ने भन्ने निर्णय गर्न सजिलो हुने भएकाले पर्खिएको हुनसक्ने अनुमान गरिरहेका छन् ।पराजुली आफै भने सर्वोच्चले चुनावको ढोका खोलिदिनेमा ढुक्क सुनिन्छन्। त्यस्तो अवस्थामा गौतमले के गर्लान्रु

जनताको बहुदलीय जनवादको नेतृत्व गर्दै साँचो अर्थमा, मदन भण्डारीले देखेका सपनाहरू साकार पार्न नेपाली जनतालाई प्रगति, सुख र समृद्धि प्रदान गर्नका निम्ति अघि बढ्नुहुन्छ, पराजुली सुनाउँछन्

ओलीको कदम कस्तो ?

नेकपाको केपी शर्मा ओली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले संसद् विघटन संवैधानिक भएको दाबी गरेका छन्। बालुवाटारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री ओलीले चालेको कदम संवैधानिक नै भएको दाबी गरेका हुन्।

परराष्ट्रमन्त्रीसमेत रहेका उनले बजेटका अभावमा चुनाव नरोकिने समेत बताएका छन्। निर्वाचन खर्च र कोभिड(१९ खोपका लागि सरकारले पैसा व्यवस्थापन गरिसकेको बताए।

‘जनताको शक्ति जनमतबाट प्रकट हुन्छ। प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन त्यसैले ताजा जनादेशमा जान्छु भनेर संसद विघटन गरी निर्वाचनको घोषणा गर्नु भएको हो,’ ज्ञवालीले भने, ‘यो सवैधानिक कदमको रुपमा जनताले लिएका छन् ।

प्रधानमन्त्रीलाई ६४ प्रतिशत मतसहितको सर्मथन भएकाले अल्पमता भएको भन्न मिल्दैन। नेकपाभित्र भिडन्त हुने देखिन्छ निरु भनी सोधेको प्रश्नमा उनले आफूहरु जनतामा जाने र अरुलाई संविधान प्रदत्त अधिकार दिएको उनले बताए ।

संसदभित्र सरकार बन्ने अवस्था नभएकाले विघटन भएकाले यो संवैधानिक र लोकतान्त्रिक कदम भएको र आफूहरुले यसैगरी लिएको उनले बताए । ‘अहिले प्रदेशसभाका बारेमा केही सोचेको छैन। संकट आउँदा व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ ज्ञवालीले भने, ‘कोभिड खोपका लागि र निर्वाचनका लागि व्यवस्थापन गरिएको छ ।

यस्तो भन्छ निर्वाचन आयोग

नेपाल कम्युनिष्ट पार्टी विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल विभाजित भैसकेका छन् । दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक गरेका छन् ।

साथै एक अर्कालाई कारबाही गरेको सूचना निर्वाचन आयोगमा दिएका छन् । तर आयोगले अहिलेसम्म नाम र चुनाव चिन्हबारे कुनै उजुरी नपरेको जनाएको छ।

दुबै पक्षका नेताहरूले सूर्य चुनाव चिन्हबारे दाबी गरिरहेका छन् । बाहिर आयोगले चुनाव चिन्ह कसलाई दिन्छ भनेर सुरू भैसकेको छ तर हामीले उजुरी नपरी निर्णय गर्न मिल्दैनु, आयोगका एक आयुक्तले भने, अहिलेसम्म दुबै पक्षले जे जति कागजपत्र पठाएका छन् ।

ती सबै जानकारीका रूपमा आएका छन् । निर्वाचन आयोगमा सबभन्दा पहिला ओली पक्षले केन्द्रीय समिति विस्तार गरिएको सूचना दिएको थियो ।लगत्तै ओलीलाई कारबाहीको सूचना आयोगमा प्रचण्ड-नेपाल पक्षले दिएको थियो।

त्यस्तै, माधव नेपाललाई अध्यक्ष बनाइएको जानकरी पनि आयोगमा पुगेको छ। प्रचण्ड-नेपाल पक्षले भने पार्टीको केन्द्रीय समिति ३३४ सदस्यीय भएको जानकारी आयोगमा पठाएको छ।

नाम चाहियो, झण्डा चाहियो भन्ने मुद्दा मामिला छैनु, आयोगका ती आयुक्तले भने ,हामीले के निर्णय दिनु ? निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न प्रचण्ड र नेपाल पक्ष शुक्रबार निर्वाचन आयोग जाँदैछ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *