यस्तो छ पुरानो लुक्समा आधुनिक फिचर भएको ‘जावा’ बाइक (वर्षमा दुई पटक मात्र सर्भिसिङ गरे पुग्ने)

समाचार

e neplisamchaar / चेकोस्लोभाकियामा ९० वर्ष पहिले उत्पादन सुरू भएको जावा ब्रान्डका मोटरसाइकल क्लासिक, राम्रो इन्जिन क्षमता तथा अब्बल डिजाइनका कारण चर्चित छन्। गत मंसिरमा पहिलोपटक नेपाल भित्रिएको जावा मोटरसाइकलको हाल दुइटा मोडलका चार संस्करण उपलब्ध छन्। जावा नेपालमा अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले ल्याएको हो। कम्पनीले यसअघि नेपालमा महिन्द्राका प्यासेन्जर गाडी बिक्री वितरण गर्दै आइरहेको छ।

हाल २९३ सिसी इन्जिन क्षमता ‘जावा’ र ‘जावा–४२’ नामका चार मोडलका मोटरसाइकल उपलब्ध भएको शोरूम इन्चार्ज विवेक केसीले जानकारी दिए। यो दुवै इन्जिनले २७ बिएचपी पावर र २८ एनएम टर्क उत्सर्जन गर्छ। दुवैमा १४ लिटर इन्धन ट्यांक छ। यी मोटरसाइकल वर्षमा दुई पटक मात्र सर्भिसिङ गरे पुग्ने केसीको भनाइ छ।

कम्पनीले जावाको सिंगल च्यानल एबिएसको मूल्य ६ लाख ४८ हजार ५ सय रूपैयाँ तोकेको छ। त्यस्तै डुअल च्यानल एबिएसको ६ लाख ७६ हजार ५ सय रूपैयाँ पर्छ। जावा–४२ को सिंगल च्यानल एबिएसको मूल्य ६ लाख २० हजार तोकिएको छ भने डुअल च्यानल एबिएसको ६ लाख ४८ हजार रूपैयाँ छ।

यी दुई मोडलका चार संस्करणबाहेक कम्पनीले अर्को मोडल ‘पेराक’ ल्याउने तयारी गरेको छ। कम्पनीका अनुसार जावा बाइक अहिले तीन रङमा उपलब्ध छ- कालो, मरून (कलेजी) र खरानी (ग्रे)।

त्यस्तै जावा–४२ भने ६ रङमा उपलब्ध छ- हरियो (सुगा), आकाशे निलो, गाढा हरियो, गाढा निलो, रातो र चम्किलो निलो। ncell in यी मोटरसाइकल हेर्दा पुरानो मोडलका देखिन्छन्। तर यिनमा नयाँ र आधुनिक फिचर्स भएको केसीले जानकारी दिए। ‘यसमा इन्जिन चिसो बनाउने रेडिएटर, बाइक लड्यो भने आफैं इन्जिन बन्द हुने सिस्टम रोल ओभर सेन्सर, एबिएस लगायत फिचर्स छन्,’ उनले भने। हाल कम्पनीले नेपालभरी ११ आउटलेट सञ्चालनमा ल्याइसकेको छ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *