म उसैको खाजाघरमा पसे लगभग १५ मिनेट लाग्यो: पुरा पढ्नुहाेस

समाचार

e nepalisamchaar / जुनु राना ! आज पनि गाडीको झ्यालबाट थोरै नियालेर हेरें। ऊ त्यहीँ उभिएको थियो। हातमा सधैं झैं मोबाइल। अर्को हातमा कहिले कफी त कहिले केहि न केहि खानेकुरा समातेकै हुन्थ्यो उसले। फेरि मुख पनि कहिले खाली नहुने। चुइगम चपाएको चपाएकै गर्ने। भोलिपल्ट सधैंको समयमा गाडी गन्तव्य तर्फ मोडियो। केहि पर पुगेपछि सधैं उभिएको देखिने ऊ आज भने थिएन। एक जना सहकर्मीलाई कुर्नुपर्ने भएर सधैं ऊ उभिने ठाउँमा गाडी रोकियो। उसलाई सोहि स्थानमा उभिएर मोबाइल चलाएको कफी पिएको देख्ने गरेको पनि लगभग दुई महिना भैसकेको थियो। कहिलेकाहीँ क्याप पनि लगाउँथ्यो उसले। र क्याप सुहाउने पनि। हल्का श्वेत वर्णको ऊ उमेरमा अन्दाजी ३५–३६ को हुनुपर्छ।

आज यहि समयमा यहि ठाउँमा उसलाई नजिकबाट हेरौं भन्ने लागेको थियो। तर सधैं उभिने ठाउँमा ऊ उभिएको छैन। केहि बेरसम्म गाडी त्यही मान्छे कुराइमा बस्यो। ऊ अडेस लगाएर उभिने विद्युतको खम्बा पनि एक्लै जस्तो लाग्यो आज। उसले पिउने र मैले पिउने कफी ब्राण्ड पनि एकै रहेछ। के भएको यो मन पनि। ऊ अपरिचित हो। को हो कहाँको हो? अनि के गर्छ किन यहाँ उभिन्छ? केहि थाहा भएको होइन। तैपनि यो मन। अनि यहि मनले निर्देश गर्ने यी आँखा। अनायसै किन खोज्नु होला त्यो खम्बामा उभिएको अपरिचितलाई। घरीघरी त आफैलाई थकथकी लाग्छ। सायद सधैं देख्दा आँखालाई बानी परिसकेको हुनसक्छ। यस्तै कल्पनामा डुबिरहेको म।

गाडीमा मान्छे आइसकेछ। गाडी पुनः गन्तव्यतिर गुड्न थाल्यो। गाडीको स्पिकरमा गीत बजाउँदै एफएम सुन्दै हिंड्ने बानी परेको थियो। आज भने गीत लगाउन चासो लागेन। एकछिन शुन्य महशुस भो। त्यो दिन यत्तिकै मनमा कुरा खेलेर सकियो। काम र आफ्नै मनसँगको अन्तरद्वन्द्वको चापमा दिन कतिखेर बित्यो पत्तो नै हुँदैन रैछ। साँझ त्यही बाटो हुँदै फिर्नु थियो। साँझमा अरुबेला भन्दा बढी ट्राफिकको चाप हुन्छ। रेस्टुरेन्टदेखि बार पनि सबै प्याक।कति नशामा रमेका त कति समूह समूहमा बातिएका देखिन्थ्यो। आखिर बिहानको अधुरो सपनासँगै दिनभरिको भागदौडले थाकेको मस्तिष्क र शरीर सबैलाई आराम दिने आआफ्नै तरिका जो हुन्छ।

ट्राफिक व्यस्तताको कारणले ऊ उभिने ठाउँ नजिक पुग्न लगभग १५ मिनेट लाग्यो। कहिलेकाहीँ त बरु पैदल नै गएको भए चाँडो पुगिन्छ जस्तो लाग्ने। गाडीको हर्न उस्तै बज्छ। सबै हतारमा हिंडिरहेका देख्दा यो शहरमा फेरि फर्केर नआउँ झैं लाग्छ। तर भौतिक शुखका लागि आफैले रोजेर आएको शहर न पर्यो यो। चाहँदा बित्तिकै यसको साथ कसरी छुटोस त। यो यथार्थ सबैमा लागू नहोला। तर म जस्ता भिडसँग एलर्जी हुनेलाई भने यो कुरा शतप्रतिशत लागू हुन्छ। उफ्फ ! बल्ल ऊ उभिने खम्बा देखियो। हरेक बिहान उसलाई उभिएको देख्ने आँखाले ऊ नहुँदापनि उसकै प्रतिबिम्ब निर्माण गर्दथ्यो। र यो स्वाभाविक पनि हो। सधैं देख्ने चिज वा भेट्ने मान्छे वा जे सुकै कुराको काल्पनिक उपस्थिति बन्नु पनि स्वाभाविक नै हो सायद।

गाडीबाट झर्नासाथ ऊ उभिने ठाउँमा आँखा पुग्यो। उसको हातमा भएको मोबाइलको कलर सेतो देखिन्थ्यो। त्यही मोबाइलमा मस्त हुने ऊ उभिने केहि पर सानो खाजा घर छ। कहिलेकाहीँ हामी काममा जाँदै गर्दा त्यहीँ नास्ता गर्दै नास्तावालीसँग गफिने गर्दथ्यौं। औपचारिक भाषा सबै नजानेपनि खाने पिउने सम्बन्धी शब्दहरू बोल्नाले खाजाघरकी चिनानी पनि साथी बनेकी थिइन्। थकाई त लागेकै थियो अब तिर्खा पनि। उसैको खाजाघरमा पसेर लेमन टी पिएर कोठा फिर्ने सोचमा त्यहीँ पुगें। आज भने नास्ताघरकी चिनानी सधैं झैं उज्याली थिइनन्। अनुहार मलिन। सधैंजस्तो मेकअपले ढाकेर नक्कली देखिने उनी आज रंग उडेकी देखिन्थिन्। सोधिहालें आज के भयो तिमिलाई ? चिसोले बिन्सचो भयो कि ? कि कतै केहि भो ।

मैले यति सोध्दासम्म उनले लेमन टी तयार पारिसकेकी थिइन्, जुन मेरा अगाडि राख्दै सोधिन्’ ‘अघि त्यो खम्बा देख्यौ’ अँ देखें के भा‘छ र त्तो खम्बालाई’असामान्य तरिकाले सोधें। हिजो बिहान त्यो खम्बालाई समेत कुच्याउने गरि एकजनालाई मिनि भ्यानले ठक्कर दिँदा उसको लेमन टी पिउँदापिउँदै घाँटिमै अड्के जस्तो भयो। एकछिन मै हातखुट्टा गल्यो, मुटु पनि द्रुत गतिमा चलेको जस्तो लाग्यो। थकाई र तिर्खा सबै क्षणभरमै गायब भए। स्थानीय पत्रिकामा आएको टोपि र ज्याकेट सहितको फोटोले प्रष्ट चिनिन्थ्यो, भ्यानले ठक्कर दिएर मृ’त्यु भएको व्यक्ति ऊ नै थियो। आज बिहानको असहज अवस्था र बेचैनीले केहि न केहि संकेत गरेकै रहेछ। ऊ उभिएको खम्बा हेरें। कुच्चिएको रै’छ। फेरि कसरी ऊ उभिएकै ठाउँमा त्यो भ्यानको सन्तुलन बिग्रियो । कस्तो दुखद संयोग।मन भारी भएर आयो। लागेको भोकपनि हरायो। अब त्यो खम्बातिर मेरो आँखा कहिल्यै नगए हुन्थ्यो । नेपाल खबर

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *