बहरानईनले माग्यो ठुलो संख्यामा नेपालि कामदार, कती छ तलब

समाचार

काठमाडौँ । बहरानईनको एक कम्पनीले १९ जना नेपाली कामदार माग गरेको छ । बहराइन स्थित न्यू डिमीन्सन कन्ट्रयाकटीङ् कम्पनी वर्कर पदका लागी १९ जना पुरुषको माग गरेको हो ।कामदारले कम्पनीको नियमअनुुसार ओभर टाइम , हप्तामा एक दिन बिदा, कम्पनीको नियमअनुुसार बार्षीक बिदा जस्ता सुविधा पाउने छन् । कामको करार अबधि २ बर्षको रहने छ भने कामदारलाई खान बस्नको सुविधा सँगै ८ घण्टा काम गर्नपर्ने छ ।स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।कामदारको करार अवधि २ बर्षको रहेको छ । अन्तरबार्ता भिटल इन्टरनेशनल सर्भिस प्रा. लि को कार्यालय कुपण्डोलमा यही माघ १४ गते हुनेछ ।

राष्ट्रपतिका रूपमा अन्तिम भाषणमा ट्रम्पले बताए आफ्ना उपलब्धि

अबको केही घन्टामा आफ्ना प्रतिद्वन्द्वी जो बाइडनलाई सत्ता सुम्पिन लागेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तिम सन्देशमा आफूले शुरू गरेको आन्दोलन जारी रहने बताएका छन् ।

उनले संसद् भवनमा आफ्ना समर्थकहरूले गरेको हिंसाको आलोचना गरेका छन् ।बाइडनको प्रशंसा गर्न पनि उनी चुके । लगभग २० मिनेटको एक प्रिरेकर्डेड सन्देशमा ट्रम्पले राष्ट्रपति कार्यकाललाई असाधारण भनी चित्रित गरे ।

नयाँ सरकारलाई शुभकामना दिँदै ट्रम्पले भने, ‘हामीले नयाँ सरकार पाउन लागेका छौं । हामी उसको सफलताको कामना गर्छौं र अमेरिका सुरक्षित र समृद्ध राखोस् भन्छौं ।’ह्वाइट हाउसमा चार वर्ष बिताएका ट्रम्प फ्लोरिडास्थित मार–ए–लागो रिजोर्टमा बस्नेछन् । नयाँ सरकारलाई सत्ता सुम्पिने चर्चा गर्दा ट्रम्पले बाइडनको नाम लिएनन् । चुनावमा बेहोरेको हारको पीडाबाट उनी अझै निस्कन सकेका छैनन् । ट्रम्पले आफ्ना उपलब्धिहरूको चर्चा गर्दै कुनै नयाँ युद्ध शुरू नगर्ने राष्ट्रपति बनेकोमा गर्व लागेको बताए । संसारको सबभन्दा शक्तिशाली देशका रूपमा अमेरिकाले विदेशबाट लगातार चुनौती आइरहेको र अमेरिकाले आफूमा विश्वास गर्न बिर्सेको उनले बताए ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *