चन्द्रागिरि हिल्सको आईपीओ १ लाख ३९ हजारलाई, नपर्नेलाई पनि यस्तो योजना

समाचार

काठमाडौं । चन्द्रागिरि हिल्सले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ शुक्रवार (आज) बाँडफाँड भएको छ ।चन्द्रागिरि हिल्सको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो ।आईपीओका लागि आवेदन दिएकामध्ये कुल १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। त्यस्तै दुई जनाले भने थप २ कित्ता शेयर अर्थात ११ कित्ता शेयर प्राप्त गर्न गरेको जनाइएको छ ।गत पुस २४ गतेदेखि कम्पनीले प्रति कित्ता १०० का दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरेको थियो ।जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो ।कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका थिए। त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन्। १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ। त्यस्तै जसमध्ये १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।त्यस्तै आवेदन दिनेहरुलाई कम्पनीले चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *