केपि ओलिमा राजाको ह्वास्स दुर्गन्ध आयो, अब भित्तामा पुर्याईदिन्छु: प्रचण्ड

समाचार

e nepalisamchaar /काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा पुर्व राजाकै भाषा जस्तै ह्वास्सै ग’न्हाएको बताएका छन्।

प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई मंगल बार काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुस ५ को सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात भएको पनि बताए।

उनले हेर्दाहेर्दै आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैले जन्माएको संविधानको (बच्चा)को ह’त्या गर्न लागेकाले त्यो रोक्न लागि संघर्ष गर्नुपरेको बताए।

आफूहरु पनि धेरैजना प्रधानमन्त्ती भइसकेको जनाउदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री छो’ड्दा पार्टी फुटाउनै पर्ने कारण किन? भन्दै प्रश्न गर्नुभयो।

उहाँले भन्नुभयो, ‘ माधव जीले प्रधानमन्त्री छोड्दा पार्टी फुटाउनु भएको थियो र? झलनाथ जीले प्रधानमन्त्री छोड्दा पार्टी फुटाउनु पर्या थियो र?।’

अध्यक्ष प्रचण्डले माधव झलनाथ प्रधानमन्त्री हुँदा पनि ओलीले छड् कि छोड् भनेर छोडेको तर पार्टी त फुटेको थिएननी? भन्दै प्रश्न गर्नुभयो। त्यस्तै आफूलो प्रधानमन्त्री पद छोड्दा पनि पार्टी नफुटेको बताउनु भयो।

अहिले ओलीले पार्टीका कारण संसद विघटन गरेको भनेर भन्नुजति कुतर्क केही नहुने जिकीर गर्नुभयो। साथै प्रधानमन्त्री ओलीले गरेको संसद विघटनमा राजाको भाषा ह्वास्स गन्हाएको अध्यक्ष प्रचण्डले बताउनु भयो।

पार्टीको विवाद मिलाउने विधान पार्टी मै भएकाले त्यसलाई माने पार्टी नफुट्ने प्रचण्डको दावी छ। ओलीले देशको संविधानलाई कुल्चेर संसद विघटन गरेको भन्दै निरङ्कुस साशक बन्न खोजेको आरोप लगाउनु भयो।

केपी ओली आफैको अहंकार र दम्भले प्रचण्ड -माधव समुहलाई दुई तिहाइ पक्षधर बनाएको बताउनु भयो। उहाँले पूर्व एकालेलाई बिस्वासमा लिन नसकेको भन्दै आफ्नो आफ्नो अनुहार एेनामा हेर्न आग्रह गर्नु भयो।

ओली संविधानका बिरुद्ध गएर बाजी हारि सकेको र जनताले जिति सकेको बताउनु भयो। ओलीलाई इतिहासले कुपात्रको रुपमा सम्झीने अध्यक्ष प्रचण्डकाे भनाइ छ।

संसद विघटन गरेको दिन देखि नै केपी ओलीको हातमा केही नभएको र चिजहरु अन्तै गएको बताउनु भयो। संविधानको रक्षाका लागि जनअदालतमा जानुपर्ने भन्दै अदालत र निर्वाचन आयोगले यसकाे फैसला गर्ने अध्यक्ष प्रचण्डको तर्क छ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *