लाइसेन्सको अनलाइन फर्म भर्ने तरिका थाहा नहुँदा चिन्तित हुनुहुन्छ ? यस्ताे छ फर्म भर्ने तरिका “स्टेप to स्टेप”

समाचार

e nepalisamchaar /सवारी चालक अनुमति पत्र लाइसेन्सको अनलाइन फर्म भर्न नजान्दा धेरैजसो मानिसहरुले हैरानी खेपिरहेका हुन्छन् । अनलाइन फर्म भर्न नजान्दा यातायात कार्यालयमा गएर घन्टौं लाइन लाग्नुपर्ने बाध्यता र फर्म भर्दा हुनसक्ने गल्तीले थप तनाव सिर्जना गर्छ ।

साथै कतिपयले आफैं अनलाइनफर्म भर्न नजान्दा साइबर अथवा अनलाइन फर्म भर्ने ठाउँमा पुगेर पैसा तिरेर फर्म भर्न बाध्य छन् । यद्यपि लाइसेन्सको अनलाइन फर्म इन्टरनेटको सहयतामा स्मार्ट फोन, ल्यापटप अथवा कम्प्युटरबाट सहजै भर्न सकिन्छ । त्यसैको सहजताका लागि यहाँ लाइसेन्सको अनलाइन फर्म भर्ने तरिकाको बारेमा जानकारी दिइएको छ ।

स्टेप १ः यातायात व्यवस्था विभागको वेभसाइटwww.dotm.gov.np मा जानुहोस् । स्टेप २ः वेबसाइटको होम पेजमा यातायात व्यवस्था विभागको चिनारी मुनी रहेको अनलाइन सवारी चालक अनुमति पत्रको लिंकमा क्लिक गर्ने ।

स्टेप ३ः ड्राइभिङ लाइसेन्स अनलाइन रजिष्ट्रेसनमा क्लिक गर्ने । स्टेप ४ः त्यसपछि नागरिकता अर्थात सिटिजन सिपको अप्सनमा क्लिक गरेर छान्ने । स्टेप ५ः आफ्नो व्यक्तिगत विवरण भर्ने । जसमा जन्म मिति छानेपछि उमेर आफैं आउनेछ ।

स्टेप ६ः स्थायी ठेगाना अर्थात नागरिकतामा भएको ठेगाना भर्ने । यदि स्थायी अस्थायी ठेगाना एउटै भए एउटै राख्ने ।स्टेप ७ः आफूले दरखास्त दिन लागेको वर्ग छान्ने । स्टेप ८ः प्रोफेस्नल अथवा ननप्रोफेस्नल भन्ने अप्सनमा ‘अदर’ मा क्लिक गर्ने ।

स्टेप ९ः आफूले दरखास्त दिन लागेको कार्यालय रहेको अञ्चल छान्ने । साथै, त्यही अञ्चलको लाइसेन्स कार्यालय छान्ने ।स्टेप १०ः सबै विवरण भरिसकेपछि सबमिट गर्ने । स्टेप ११ः आर यु स्योर यु वान्ट टु कन्टिन्यु ? भन्ने म्यासेज आउँदा ओकेमा क्लिक गर्ने ।

स्टेप १२ः आफूले भरेको विवरण पुन एकपटक चेक गरी फरक परेर सच्याउनुपरेमा इडिट डिटेल्स मा क्लिक गरी सच्याउन सकिने छ ।स्टेप १३ः विवरण ठीक भएमा सेभ डिटेलमा क्लिक गर्ने ।स्टेप १४ः त्यसपछि एप्लिकेन्ट सेभ सक्सेसफुल्ली देखिन्छ ।

स्टेप १५ः ओकेमा क्लिक गर्ने ।स्टेप १६ः त्यसपछि प्रिन्टमा क्लिक गर्ने अथवा स्क्रिनसट गरेर राख्ने ।स्टेप १७ः उक्त विवरण प्रिन्ट गरी त्यहाँ तोकिएको मितिमा सम्बन्धित कार्यालयमा जाने ।

अहंकार
एउटा गाइ चर्नको लागि जंगल तर्फ गैरहेको थियो ! चर्दै गर्दा बेलुकी हुन लागि रहेको थियो , गाइले देख्यो कि एउटा् बाघ उ तिर लम्क्दै छ ! गाई डरले यताउता भाग्न थाल्यो त्यो बाघ पनि गाई कै पछि दौडिन थाल्यो, दौडिदै गर्दा गाइले अगाडि पोखरी देख्यो डरले गाई पोखरिमा पस्यो ! त्यो बाघ पनि गाइको पछिपछि पोखरिमै पस्यो !
तब गाइले थाहा पायो कि त्यो पोखरी त्यति गहिरो थिएन ! पोखरिमा पानी कम थियो त्यसमा हिलोले भरिएको थियो , गाई र बाघको दुरि धेरै कम थियो तर पनि बाघले केही गर्न सकिरहेको थिएन ! गाई हिलोभित्र बिस्तारै-बिस्तारै भासिन लाग्यो , बाघपनी धेरैथोरै गर्दै हिलोभित्र भासिन लाग्यो ! दुइटै नजिक-नजिक थिए उनिहरु हल्लिन पनि सकिरहेका थिएनन् ! गाई आफू नजिक हुदापनी बाघले गाइलाई पक्डन सकिरहेको थिएन !

केही समयपछि गाइले त्यस बाघलाई भन्यो: के तिम्रो कोहि गुरु वा मालिक छ ?
बाघले गज्रीदै भन्यो: म यो जंगलको राजा हुँ! मेरो कोहि मालिक छैन , म आफै जंगलको मालिक हुँ !

गाइले भन्यो: तर तिम्रो त्यो शक्तिको अहिले यो परिस्थितिमा के काम?
बाघले भन्यो: तिमी पनि त यश दलदल हिलोमा फ़सेका छौँ , र मर्नका लागि छट्पटाइ रहेका छौ ! हालत पनि मेरै जस्तै छ !

गाइले मुस्कुराउदै भन्यो: बिल्कुल हैन, मेरो मालिक बेलुकिपख जब घरमा आउँछ र मलाई गोठमा नदेखेपछी मालिक अबस्य मलाई खोज्दै यहाँ आइपुग्छ ! र मलाई यो दलदल हिलोबाट उकासेर घर लिएर जान्छन् ! तर तिमिलाई कस्ले लान्छ?

साचै केही समयपछि एकजना मान्छे त्यहा देखा पर्छ र गाइलाई हिलोबाट निकालेर आफ्नो घर लिएर जान्छ ! जानेबेला गाई र गाइको मालिक एकाअर्कालाई कृतज्ञता पुर्ण हेर्छन् ! मान्छेले चाहेर पनि उस बाघलाई हिलोबाट बाहिर निकाल्न सक्दैन थ्यो! किनकि मान्छे र गाई दुइकै लागि बाघ खत्रा थियो !

गाई – समर्पित मनको प्रतीक हो !
बाघ- अहंकारी जनावर हो !

मालिक – ईश्वरको प्रतीक हो !
हिलो – यही संसार हो !

यो संघर्ष – अस्तित्वको लडाइ हो !

कसैसँग निर्भर नहुनु राम्रो हो ! तर, म नै सर्बैसर्ब हुँ मलाई कसैको सहयोग को आबश्यक्ता पर्दैन भन्नू यहीँ नै अहंकार हो ! र यहीँ नै बिनासको बिऊ हुनसक्छ !
भगवान भन्दा ठूलो यो संसारमा कोहि हुदैन ! किनभने उसले हामिलाई धेरै प्रकारले सुरक्षा गारिरहेको हुन्छ !!

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *