प्रहरीले एकै ठाउँ २७ घण्टा ढुकेर यसरी समात्यो चो,रीको मोटरसाइकल

समाचार

e-nepalisamachar काठमाडौं : उपत्यकाबाट चोरी भएका मोटरसाइकल खोजीलाई प्रहरीले तीव्र बनाएको छ। उपत्यकाबाट चोरीका २४ वटा मोटरसाइकल सोमबार मात्रै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित धनीहरुलाई फिर्ता गरेको छ।
चोरीका मोटरसाइकल खोजी अभियान अभियान चलाएको ती मोटरसाइकल एक कार्यक्रमबीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो।

महाशाखाका अनुसार उपत्यकामा यो महिनामा कुल ६० वटा मोटरसाइकल चोरी भएका थिए। जसमध्ये ३९ वटा फेला परिसकेका महानगरीय ट्राफिक प्रहरी प्रमुख जनक भट्टराइले जानकारी दिए।

यसअघि १५ वटा र आज २४ वटा गरी ३९ वटा चोरी भएका मोटरसाइकल सवारी धनीलाई फिर्ता गरिएको उनले जानकारी दिए।

ट्राफिक प्रहरीका अनुसार चालू आर्थिक वर्ष ०७७÷०७८ मा उपत्यकाबाट ७५९ वटा मोटरसाइकल हराएको निवेदन परेका थिए। जसमध्ये १९९ वटा मोटरसाइकल

अनुसन्धानमा ल्याइसकिएको ट्राफिक प्रहरीले जनाएको छ। शंकास्पदमध्ये १२६ वटा चोरी भएकै मोटरसाइकल रहेका भट्टराईले जानकारी दिए।

विशेष अभियान

ट्राफिक प्रहरीका अनुसार दैनिक ३ वटा मोटरसाइकल चोरी हुन थालेपछि सक्रियता बढाइएको छ। यसैका लागि ट्राफिक प्रहरीले पीडित सहायता इकाइबाट सादा पोसाकमा प्रहरी निरीक्षकको नेतृत्वमा १७ जनालाई परिचलान गरेको छ।

टोलीले चोरी भएका सवारीसाधन फेला पार्ने काम गर्छ। जसका लागि यो टोलीले सबै नाकामा निगरानीदेखि विशेष चेकजाँच गर्ने काम समेत गर्ने गर्छन्।

खोजीको कथा

ट्राफिक प्रहरीको टोलीले उपत्यकाको फन पार्कबाट एउटा मोटरसाइकल चोरी भएको खबर प्रहरीमा पुग्यो। बागमती प्रदेशको ४८७० नम्बरको २०० सिसीको रातो रंगको पल्सर चोरी भएको आउनासाथ यो टोलीले खोजीका लागि लागि कम्मर कस्यो।

निगरानीदेखि सूचना संकलन गरेर मोटरसाइकल बरामद गर्नेतर्फ प्रहरी ‘मुभ’ भयो। खोज्दै जाँदा प्रहरीले त्यो मोटरसाइकल फेला पा¥यो–टंकेश्वरबाट। त्यहाँ ती मोटरसाइकललाई सडकको छेउमा लक गरि राखिएको प्रहरीले देख्यो।

तर पनि त्यसलाई तत्कालै उठाएनन्। बरु त्यहीँ बसेर मोटरसाइकल कुर्न थालियो। कारण–प्रहरीले मोटरसाइकलसहित चोरलाई समाउनु थियो। मोटरसाइकल कुर्दै गर्दा रातको ३ बजे एकजना चोरिएको मोटरसाइकल लिन आए।

फलतः एकै ठाउँ २७ घण्टा कुरेर पनि ट्राफिक प्रहरीले मोटरसाइकलसहित ती चोरलाई पक्राउ ग¥यो। ट्राफिक प्रहरीका असई धन बहादुर क्षेत्री भन्छन्,‘चोरहरू प्रायः यस्तो समयमै मोटरसाइकल नाका कटाउने गरेका छन्। किनकि त्यो बेला प्रहरी सक्रियता कम हुन्छ। र,उनीहरु सजिलै नाका कटाउन पाउँछन्।’

त्यसैले हामीले पनि आफ्नो ड्युटी राजधानीबाट प्रायः बाहिरिने र भित्रिने नाकामै केन्द्रित गर्ने गरेको उनी सुनाउँछन्।

यी जिल्लामा जान्छन् चोरीका मोटरसाइकल

उपत्यकाबाट चोरी भएका मोटरसाइकलहरू तुरुन्तै राजधानी बाहिर जाने गरेको पाइएको प्रहरी बताउँछन्। प्रहरीका अनुसार चोरी भएका ती मोटरसाइकल खासगरी ६ वटा जिल्लामा जाने गरेका छन्।

ती जिल्लामा धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, रामेछाप, बारा र चितवन छन्। उपत्यकाबाट मोटरसाइकल चोरी हुनासाथ धेरैजसो यी जिल्लामा जाने गरेको अनुसन्धानबाट खुलेको हो।

अतिरिक्त लक र साइरन लगाऊँ

चोरी भएका मोटरसाइकल हस्तान्तरण गर्दै ट्राफिक प्रहरीले केही सावधानी अपनाउन आग्रह गरेको छ। सवारी धनी केही सावधान भए मोटरसाइकल चोरी हुने संख्यामा कमी आउने ट्राफिक प्रहरी प्रमुख भट्टराई बताउँछन्। जथाभावी पार्किङ गर्दा मोटरसाइकल चोरी हुने भएकोले यसतर्फ सावधानी अपनाउन उनले आग्रह गरे।

‘मोटरसाइकल चोरी हुन नदिने वातावरण हामी बनाउँछौ। तर तपाईहरु पनि आफ्नो मोटरसाइकलमा कम्तीमा अतिरिक्त लक र साइरनसहितका उपकरणहरु जडान गरिदिनुस्’, उनले भने, ‘यसले मोटरसाइकल चोरी हुन दिँदैन।’ यति मात्रै सावधानी अपनाए चोरी कम हुन सक्छ।’

कुन वर्षमा कति चोरी?

पछिल्लो तीन वर्षमा उपत्यकामा ३८४८ वटा मोटरसाइकल हराएको प्रहरीमा निवेदन परेको छ। आर्थिक वर्ष ०७५/०७६ मा १७१०, ०७६/०७७ मा १३७९ र ०७७/०७८ मा ७५९ वटा मोटरसाइकल हराएको ट्राफिक प्रहरीमा निवेदन आएको तथ्यांक छ। यी तीन वर्षमा हराएका मोटरसाइकलमध्ये ट्राफिक प्रहरी ९८० वटा बरामद गरिसकेको तथ्यांक छ।

ट्राफिक प्रहरीले मोटरसाइकलसहित चोरलाई समेत पक्राउ गरेको तथ्यांक छ। आर्थिक वर्ष ०७५÷०७६ देखि ०७७÷७८ सम्ममा १५४ जना चोरलाई पक्राउ गरी कारबाहीको लागि पठाइएको तथ्यांक छ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *