ओलीका पछिल्ला यी कदमबाट प्रस्ट हुन्छ: ओली हिन्दु राज्य सहितकाे संबैधानिक राजतन्त्र ल्याउने मार्गमा अघि बढ्दै छन

समाचार

e nepaalisamchaar /काठमान्डौ : प्रधानमन्त्री केपी शर्मा ओली पुर्व राजा ज्ञानेन्द्रको सिको गर्दै शक्ति पीठ धाउन शुरु गरेका छन ।  सोमवार पत्नी राधिका शाक्यसहित पशुपतिनाथ मन्दिर पुगेका ओलीले एक घण्टा पुजाआजा गरेर त्यही झ–झल्को र संन्देश नेपाली जनतालाई दिएका हुन । पुर्व राजा ज्ञानेन्द्र शाहले जनताका हातबाट प्रजातन्त्र खोसेर ०६१ मा ‘कु’ गरेपछि यसरी नै शक्तिपीठ धाएर आफनो शासन सत्ता लामो समयसम्म टिकाउने प्रयत्न गरेका थिए । ०६२–६२ को दोश्रो जनआन्दोलन अगाडिसम्म उनले प्रधानमन्त्री ओलीले शुरु गर्न लागेको जस्तै गतिबिधि गर्दै हिंडेका थिए । तर ०६२–६३ सालको दोश्रो जनआन्दोलनको उभारले उनको निरकुंश शासन सत्तालाई धुलो चटाइदियो र मुलुकमा गणतन्त्र स्थापना भयो । सडकमा गणतन्त्रको माग गर्दै लाखौं लाख नेपाली जनता दैनिक रुपमा सडकमा आउँथे । त्यही बेलामा हो, अहिलेका प्रधानमन्त्री ओलीले नेपाली जनता र सात राजनीतिक दलहरुलाई खिसी ट्युरी गर्दै ‘गोरु गाढा चढेर अमेरिका पुगिन्न’ भनेको ।

यसको मतलब उनले सडकको दवावबाट नेपालमा गणतन्त्र आउँछ भन्ने कुराको कल्पना नै गरेका थिएनन र रहेनछ । तर संभव भयो र आयो पनि । बिडम्वना त्यही आन्दोलनको उपलव्धीबाट दुई दुई पटक मुलुककको प्रधानमन्त्री बन्ने सौभाग्य उनै ओलीले पाए । ०७४ सालमा भएको आम निर्वाचनपछि दुई तिहाई जनमतको सरकारको नेतृत्व गर्ने अवसर उनैलाई मिल्यो । उनै ओली प्रधानमन्त्री रहेकै समयमा कार्यकाल छदाँछदैं राजाकै शैलीमा जन निर्वाचित र प्रतिनिधीमुलक सर्वोच्च संस्था संसद बिघटन गरेर मुलुकमा प्रतिगमन र निरकुंशलतालाई निम्तो दिए ।

अहिले उनी भन्दैछन ‘आफुलाई फेरी दुइतिहाई मतकासाथ चुनाव जिताएर पठाउन ।’ नेपाली जनता र आम मतदाता समक्ष उनले भाषणमार्फत यही आग्रह गर्दै हिंडेका छन । यो हर्कतबाट के बुझन सकिन्छ भने ‘आफनो पोल्टामा भएको जो सामान छ त्यसलाई जोगाउन तिर नलागेर भुइकाे टिप्ण खोज्ने गलत काम प्रधानमन्त्री ओलीबाट भइरहेको छ । यसर्थ पोल्टामा भएको सामान पनि भुईमा छरपस्ट पोखिएको उखानसँग मेल खान पुगेको उनको क्रियाकलापले देखाउँदै छ ।’ यसै बिच प्रम ओलीले संबैधानिक जटीलता उत्पन्न गर्दै २०४७ काे संबिधान ब्युताएर हिन्दु राज्य सहितकाे संबैधानिक राजतन्त्र स्थापित गर्ने प्रपन्चमा लागेका छन् । त्यसै अनुरूप उनी आज पशुपतीनाथ मन्दिर पुगेर सवालाख दिप प्रज्वलन गरेका छन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *