प्रचण्डको आदेशको पर्खाइमा युवाहरू आदेश पाए केपी ओलीलाई नाका कटाउन तयार छौं : रन्जित तामाङ

समाचार

e nepaalisamchar/काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संस्थापन नेेेकपाको बिद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले निर्देशन दिए नाका कटाउन युवा विद्यार्थीहरु तयार रहेको बताएका छन् ।

काभ्रेमा आयोजना गरेको अनेरास्ववयूको भेलामा बोल्दै तामाङले अब फरक तरिकाबाट आन्दोलन गर्न युवा विद्यार्थीहरु तयार रहेको समेत बताए । तामाङले यस्तो बेला संविधान जोगाउन हामीहरु सडकमा उत्रन बाध्य भएको भन्दै तामाङले -“अब बालुवाटार घेराउ गरेर ओलीलाई नाका कटाउन लागेका छौँ, ओलीले बाटो खोज्दै गर्न” चेतावनी समेत दिएका हुन् ।

२३”गते ओलीको भेला पंङ्ञ्च भेला हुन लागेको भन्दै राज्य कोषको दोहोन नगर्न समेत चेतावनी दिएका छ। ‘बालुवाटारबाट ओलीलाई अब चाडै नै लखेट्छौ र बयलगाढामा चढाएर बालकोट पुर्याउछौ नेता तामाङले भने ।’ साथसाथै कमचलाउ केपी ओली सरकारका मन्त्रीहरुलाई सामाजिक वहिष्कार गर्ने र गाउँ-शहर बाट मन्त्री लेखेट्ने कुराको पनि उद्घोष गरेका हुन् ।
तामाङले प्रतिगमनलाई परास्त गर्न सम्पूर्ण युवा बिद्यार्थीहरुको शसक्त लाग्न आग्रह समेत गरेका छन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *