एका बिहानै प्रदर्शनकारीले यसरी लगाए ट्याक्सीमा आगो (हेर्नुहोस,भिडियो सहित )

समाचार

e nepalisamchaar / काठमाडौँ — राजधानीको गोंगबूमा दाहाल-नेपाल समूहका कार्यकर्ताहरुले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् ।

यस्तै बिहान ७ बजेसम्म बन्द गराउँदै हिँडेका दाहाल-नेपाल समूहका ६० जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एसएसपी सिंहका अनुसार उनीहरुलाई अवाञ्छनीय गतिविधि र बन्द गराउँदै हिँडेको आरोपमा पक्राउ गरिएको हो ।

यस्तै, प्रदर्शनकारीहरुले जय बागेश्वरीमा एउटा गाडीको सिसा फुटाएको एसएसपी सिंहले जानकारी दिए ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *