बन्दकर्ताले सडकमै खाए खाना

समाचार

प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले सडकमै खाना खाएका छन्। बिहीबार कोटेश्वरमा बिहानैदेखि जम्मा भएका बन्दकर्ताले सडकमै खाना खाएका हुन्। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि आज हड्ताल आयोजना गरेको हो। उक्त समूहको आम हड्तालले नागरिकको जीवन प्रभावित भएको छ। राजधानी काठमाडौंसहित देशैभरि हड्तालको प्रभाव परेको छ। राजधानीमा सार्वजनिक र निजी गाडी फाट्टफुट्टमात्र चलेका छन्। मोटरसाइकल भने बाक्लै रूपमा चलेका छन्। केही खाद्यान्न किराना पसल पनि खुलेका छन्। सेतेपाटी बाट साभार तस्बिर सहित 

सडकको भोजन : नारायणकाजीलाई मकै–भटमास, प्रचण्डलाई चिउरा–दालमोठ !काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार गरेको आमहड्तालमा सहभागी नेताहरुको दृश्य र रुप अरु दिनको तुलनामा फरक देखिन्थ्यो ।
आन्दोलनका क्रममा नेताहरुले सडकमै खानादेखि बिहानको खाजासम्म सडकमै खाएका थिए । पुल्चोकमा भएको प्रदर्शनमा अध्यक्ष प्रचण्डसहितका नेता कार्यकर्ताहरुले कार्यकर्तासँगै चिउरा दालमोठ खाएका थिए । त्यस्तै नेता नारायणकाजी श्रेष्ठ लगायतका कार्यकर्ताले बागबजारको सडकमा मकै भटमास खाइरहेको देखिन्थ्यो ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *