केपी ओलीले राजा फर्काउन खोजेको छ रे !

समाचार

काठमाण्डु, २३ माघ– प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता जनाएका छन् । आफ्नो समूहले शुक्रबार राजधानीको नारायणहिटी प्रांगणमा गरेको सभालाई सम्बोधन गर्दै ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले यताउता गर्न नसक्ने बताए । आफूले संघीयता र गणतन्त्र खोसेर राजतन्त्र पुर्नस्थापना गर्न लागेको आरोप लाग्ने गरेकामा उनले आपत्ति जनाए । ‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो’, उनले भने, ‘केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’ उनले गणतन्त्र आफूहरुले लडेर ल्याएको बताए । ओलीले आफ्नो सभाबाट कुन आधिकारिक पार्टी र कसका पक्षमा जनता छन् भन्ने स्पष्ट भएको दाबी गरे । दुई/चार हजार मानिस सडकमा उतारेर प्रचण्ड–माधव नेपालले आफूहरुलाई ललकारेको भन्दै ओलीले इतहिासकै सबैभन्दा ठूलो सभा आज भएको जिकिर गरे । उनले आवश्यक परे काठमाण्डुका सडकभरि स्क्रिन राखेर सभा गरिनेसमेत उल्लेख गरे । प्रचण्ड नेपाल समूहले सभामा आउन नदिन बिहीबार आमहड्ताल आयोजना गरेको तथा सडकमा बाटामा खाल्डा खनेको र बम राखेर विप्लव लेखे पनि जनसागर उर्लिएको टिप्पणी गरे ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *