प्रचण्ड–नेपालको मागः बैतडी घटना निर्मला पन्तको जस्तो नहोस् भन्दै जारि गरे ड,रलाग्दो विज्ञप्ति

समाचार

काठमाण्डु, २४ माघ– नेकपाको प्रचण्ड–नेपाल समूहले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नमाथि कारबाहीको माग गरेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले शनिबार संयुक्त शोक वक्तव्य जारी गर्दै घटनाको सत्यतथ्य सार्वजनिकीकरणसहित दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् । विज्ञप्तिमा प्रचण्ड र नेपालले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही नभएको जस्तो बैतडी घटनामा गैरजिम्मेवार नबन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको जनाक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको घटनाले आमनागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको तथ्य प्रमाणित भएकमो उल्लेख छ । विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका तर्फबाट परिवारजनमा समवेदना प्रकट गरिएको छ । बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी चडेपानीस्थित श्रमिक माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । बुधबार विद्यालयबाट घर नफर्किएपछि स्थानीय र आफन्तले उनको खोजी गरेका थिए । त्यस क्रममा उनलाई बिहीबार घरनजिकै जंगलमा मृत फेला पारिएको थियो ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *