ओली प्रवृत्तिविरुद्ध जनआन्दोलन भएमा हप्ता दिनभित्र सरकारले घुडा टेक्छ : अध्यक्ष भट्टराई

समाचार

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै हालतमा निर्वाचन गराउन नसक्ने ठोकुवा गर्नुभएको छ । उहाँले बलजफ्ती निर्वाचन गरे संविधानको अन्त्य भई मुलुकमा गम्भीर अवस्था आइपर्ने बताउनु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले शनिबार धनकुटामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले पूर्व राजा महेन्द्रपछि प्रतिक्रान्ति गर्ने पंक्तीमा ओली रहेकोले उहाँको प्रवृत्तिको विरुद्ध जुट्ने बेला आएको उल्लेख गर्नुभयो । ओली प्रवृत्तिविरुद्ध जनआन्दोलन भएमा हप्ता दिनभित्र सरकारले घुडा टेक्ने दाबी पनि उहाँले गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई छोटे राजा भएको व्यंग्य गर्दै चक्रवर्ती बादशाह ओलीले नक्कली राष्ट्रवादको हौवा फिजाउँदै गरेको आरोप पनि लगाउनुभयो ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *