सत्ताको खेल खेल्नेहो भने नेताको मन जितेर खेल्नुपर्छ, बन्द- हड़ताल गरेर होइन : पूर्वराजा शाह

समाचार

अहिलेको राजनैतिक अवस्थालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहले यस्तो ट्विट गरेका छन्। शाहले जनताको मतको आदर नगरी सबै कुर्सीका लागि पछि लाग्नु सह्य नहुने बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले ‘सत्ताको खेल जनताको मन जितेर खेल्नुपर्ने बताएका छन्। बन्द गरेर जनतालाई दुःख दिएर सत्ता हात पार्न खोज्ने मूर्खता हुने शाहले बताएका छन्। वर्तमान सरकारले जनतालाई ध्यान नदिएको भन्दै आफ्नै राग अलाप्दै आत्मरतिमा रमाएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ । पूर्व राजा ज्ञानेन्द्रले बन्द, हडतालजस्ता गतिविधिलाई जनविरोधी क्रियाकलाप भन्दै आलोचनासमेत गरेको छन् । “सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले,” उनले भनेका छन्, “जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।” शाहले सामाजिक सञ्जालमार्फत सत्तारुढ नेकपा र आन्दोलनरत नेकपालाई यस्तो चेतावनी दिनुले मुलुकको राजनीतिक अवस्थालाई संवेदनशील द्वन्द्वतर्फ उन्मुख भएको संकेत गरेको देखिन्छ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *