६ महिनामा झण्डै पाँच खर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ७३ प्रतिशतले घटे,कुन देशमा कति ?

समाचार

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै पाँच खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउनदेखि पुससम्म चार खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो गएकाे वर्षको पहिलो ६ महिनाको तुलनामा ११ दशमलव १ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा भित्रने रेमिट्यान्स ६ दशमलव ७ प्रतिशतले बढेर चार अर्ब १९ करोड पुगेको छ । यस्तै पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७७ दशमलव ६ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६८ दशमलव ९ प्रतिशतले घटेको छ । यस्तै सरकारको चालु खाता पुससम्म ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको पहिलो ६ महिनामा चालु खाता ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकका अनुसार अहिले शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउनदेखि पुससम्म शोधनान्तर स्थिति २६ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति अहिले एक अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *