केपी ओलीले ठगी धन्दा चलाइरहेका छन्ः प्रचण्ड

समाचार

Enepalisamchar काठमाण्डु, २८ माघ– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले ठगी धन्दा चलाइरहेको आरोप लगाएका छन् । संसद विकटनविरुद्ध बुधबार राजधानीमा आयोजित सभामा प्रचण्डले ओलीले कसरी ठगी धन्दा चलाउँछन् भन्नेबारे तीन वर्षको संगतले राम्ररी बुझेको उल्लेख गरे । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवनको माडीमा अयोध्या र राम सीताको मन्दिर बनाउने घोषणालाई प्रचण्डले ठगी धन्दाको संज्ञा दिए । ‘चितवनमा मेरै क्षेत्रमा ओलीले अयोध्या बनाउँदै छु भनेका छन् । मलाई त्यो ठगी र नाटक हो भन्ने लाग्छ,’ उनले भने, ‘होइन भने पहिला त्यसको अन्वेषण गरौं । प्रमाणित भएपछि सबैभन्दा बढी खुसी मै हुन्छ ।’ एकै दिन ओलीले बिहान माधव नेपाल, दिउँसो वामदेव गौतम र साँझ आफूलाई प्रधानमन्त्री बनाउने उधारो आश्वासन बाँडेको भन्दै त्यसलाई ठगी भने ।

 

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *