ओलीलाई एक मिनेट पनि सत्तामा बस्ने अधिकार छैनः श्रेष्ठ

समाचार

Enepalisamachar काठमाण्डु, २८ माघ– नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीलाई एक मिनेट पनि सत्तामा बस्ने अधिकार नरहेको बताएका छन् । संसद विघटनविरुद्ध बुधबार राजधानीमा आयोजित जनसभालाई सम्बोधन गर्दै श्रेष्ठले ओलीबाट संविधान र गणतन्त्रमाथि खतरा रहेको आरोप लगाए ।उनले प्रतिनिधिसभा पुर्नस्थापना, संवैधानिक परिषदमा गरिएको असंवैधानिक नियुक्तिको खारेजी, संविधान र गणतन्त्र रक्षाका लागि आफूहरु आन्दोलनमा होमिएको बताए । ओलीले बाहिर चुनाव भने पनि चुनाव गर्ने नियतका साथ घोषणा नगरेको उनको भनाइ थियो । ओलीले नारायणहिटी अगाडि लोकतन्त्र रक्षा गर्ने भनेर दिएको अभिव्यक्तिलाई फाँसीवादको संज्ञा दिए । तर, फाँसीवाद असफल पारिने श्रेष्ठले बताए । ओलीको फाँसीवादविरुद्ध संयुक्त संघर्ष आवश्यक रहेकामा उनको जोड थियो ।

 

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *