अब संघीयता खारेज हुने पक्का ! ओलीले गरे यस्तो घोषणा

समाचार

e नेपलिसंचार/ काठमाण्डु: प्रधानमन्त्री केपी ओलीले आफू पक्षधर मुख्यमन्त्रीहरुको पद जाने भएपछि प्रदेशसभा विघटनको तयारी गरिरहेको चर्चाबीच ओली पक्षधरले संघीयता नै खारेज गरेर अघि बढ्न सुझाव दिन थालेका छन् । पछिल्लो समय ओलीलाई भेट्ने उनी निकटस्थले संघीयता खारेजीका लागि सुझाव दिने गरेको ओली पक्षधर केन्द्रीय सदस्य एव. सांसद निरु पालले बताइन् ।

‘यो संघीयता भन्ने घाँडो नेपालमा काम छैन’, पालले भनिन्, ‘प्रधानमन्त्रीलाई संघीयता खारेज गर्न धेरैतिरबाट सुझाव आएको छ, मैले पनि त्यही सुझाव दिएकी छु । ’ओली पनि संघीयता काम छैन भन्ने निस्कर्षमै रहेको दाबी पालको छ ।नेकपाको प्रचण्ड–माधव समूहले ओली गणतन्त्र संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धी मन नपराउने व्यक्ति भएको टिप्पणी गर्दै आएका छन् ।

अनिच्छापूर्वक ओलीले स्वीकार गरेजस्तो गरे पनि गणतन्त्र र संघीयतामाथि ओलीबाट ख’त’रा रहेको विश्लेषणा उनीहरुको थियो । ओलीले संविधानमा हुँदै नभएको अधिकमार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड–नेपालले अब संघीयता र गणतन्त्रमाथि ओलीले आ’क्र’मण गर्ने तयारी गरेको आरोप लगाउँदै आएका छन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *