कोरोना नदेखिएको दाबी गर्ने उत्तर कोरियाले चोर्न खोज्यो फाइजर खोपको डाटा

समाचार

उत्तर कोरियामाथि फाइजरले बनाएको कोभिड-१९को खोपको डाटा चोर्ने प्रयास गरेको आरोप लागेको छ। दक्षिण कोरियाली इन्टिलिजेन्सका अधिकारीहरूले उत्तर कोरियाले अमेरिकाको औषधी निर्माता कम्पनी फाइजरबाट कोभिड-१९को खोपको डाटा चोर्ने प्रयास गरेको आरोप लगाएका हुन्। बिबिसीका अनुसार त्यस कम्पनीबाट डाटा चोरी भए/नभएको पुष्टि भइसकेको छैन। इन्टिलिजेन्स एजेन्सीका अधिकारीहरूले यसबारे सांसदहरूलाई ब्रिफिङ गरेको स्थानीय समाचार संस्था योन्हापले जनाएको छ आफूले फाइजर यसबारे प्रतिक्रिया मागे पनि जवाफ नआएको बिबिसीले बताएको छ। उत्तर कोरियाले आफ्नो राष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण पुष्टि नभएको दाबी गर्दै आएको छ।

उत्तर कोरियामा पनि आउँदो केही हप्तामा एस्ट्राजेनेका-अक्सफोर्डको २० लाख डोज पाउनेछ। उत्तर कोरियाले गत वर्ष जनवरीदेखि नै चीनसँगको सीमा बन्द गरेको थियो। गत नोभेम्बरमा माइक्रोसफ्टले कम्तीमा पनि फाइजरसहित नौ स्वास्थ्य संस्थाहरूमा उत्तर कोरिया र रूस सरकारको समर्थित संस्थाहरूले साइबर आक्रमण गरेको बताएको थियो। माइक्रोसफ्टले उत्तर कोरियाको जिन्क र सेरियुम र रूसी फ्यान्सी बियर समूहले आक्रमण गरेको आरोप लगाएको थियो। रूसी राष्ट्रपति कार्यालयले यस आरोपलाई अस्वीकार गरेको थियो।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *