नेम्वाङको भाषणमा अधिकांश समय ओलीको तारिफ ‘मलाई ओलीमाथि साह्रै विश्वास छ’

समाचार

enepalisamchar काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता सुवास नेम्वाङले चुनावमा जानु प्रतिगमन नभएको दोहोर्‍याएका छन् । परिवर्तनका लागि अब आन्दोलन गर्नुनपर्ने बताउँदै नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफूलाई साह्रै विश्वास लागेको पनि बताए । शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रतिनिधि सभा पुनस्र्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली दुई सय प्रतिशत विश्वस्त रहेको बताए । ओलीले आत्मसम्मान बनाउने काम गरेकाकाले अब कुनैपनि आन्दोलन गर्नुनपर्ने बताए । आफ्नो मन्तब्यको अधिकांश समय ओलीको प्रसंशामा खर्चिएका नेता नेम्बाङले चुनावमार्फत सबै नेताहरु जनताको मनमस्तिस्कमा बस्नुपर्ने धारणा राखे । उनले भने,‘अब ब्यक्ति मन पर्दैन् ब्यक्ति फेरौं, पार्टी मनपर्दैन पार्टी फेरौं तर चुनावमार्फत फेरौं ।’ उनले नेकपाको प्रचण्ड–नेपाल समूह पनि देशैभर पुगेर आफ्ना कुरा राखिरहेको बताउँदै उनीहरुले पनि चुनावको तयारी गरिरहेको बताए ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *