यो भिडियो ध्यान दिएर सुन्नु होला, भारतका मालीकलाई हिन्दीमा बृफिङ्ग गर्दै माधव नेपाल

समाचार

e nepalisamchaar प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले सदर गरेसँगै भारतीय नेताहरुको सक्रियता बढेको छ । भारतीय जनता पार्टीका नेता एंव राज्यसभा सांसद सुव्रण्यम स्वामीले नेपालबाट शुभ समाचार आएको प्रतिक्रिया दिईसकेका छन ।

सर्वोच्चले फैसला दिने बेला पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भने चितवनमा थीए । बुधबार हुने सभालाई सम्बोधन गर्न उनीहरु त्यहा पुगेका थीए ।

चितवनको एक होटलमा रहेका बेला उहाँ कसैसँग सम्वाद गरिरहेको भिडियो सार्वजनिक भएको छ । प्रचण्ड कुनै सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिईरहेको बेला सँगै रहेका भएका नेपाल भने कसैसँग टेलिफोनमा सम्बादमा छन । भीडीयो ध्यान दिएर सुन्नुहोला

https://fb.watch/3RcMU2sNHk/

प्रधानमन्त्री ओलीले के गर्छन अब ?
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सामना गर्ने तर तत्काल राजीनामा नदिने भएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्न आदेश दिएपछि प्रधानमन्त्रीका सञ्चार सल्लाहकारले उक्त जानकारी गराएका हुन्।

प्रधानमन्त्रीका सञ्चार सल्लाहकार सूर्य थापाले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन।’

यसका साथै सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएपनि मान्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने थापाले उल्लेख गरेका छन्।

भनिएको छ, ‘अदालतको फैसलाले यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन। बरू अस्थिरता अझै बढ्ने छ। सत्ताको खेल बढ्नेछ।’

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *