यी युवतिले भिडियो मा हेर्दै यस्तो हर्कत गरे पछि (हेरौ भिडियो सहित )

मनोरञ्जन

e nepaalisamchaar /प्रेम सबैले गर्छन् । तर प्रेममा परियो भन्दैमा जहाँ पायो त्यहि म’स्ती गर्न खोज्दा न’म’ज्जाले ला’जम’र्दो’मा परिन्छ पनि । यस्तै भएको छ एक सरकारी विद्यालयका डेड सरलाई ।यो कुनै ए’डल्ट फिल्मको दृ’ष्य होइन ।

यो ला’जम’र्दो भिडियो एक सरकारी स्कुलको कक्षा कोठाको हो । भिडियोमा कक्षाकोठाभित्रै प्रधानाध्यापक र एक शिक्षिका अ’श्लील ह’र्कत गरिरहेका देखिएका छन् । गुजरातको दाहोद जिल्लाको संजेली क्षेत्रको बताइएको छ ।

यो भिडियो कसैले पछाडिबाट खिचेर ‘भा’इरल बनाई दिएको थियो । भा’इरल भिडियोको विषयमा शिक्षा अधिकारी र शिक्षा मन्त्रीसँग उ’जुरी गरिसकिएको बताइएको छ । भिडियो सा’र्वजनिक भएपछि स्थानीय आ’क्रोशि’त छन् ! भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

यो पनि पढ्नुहोस्

‘कालिका दर्शन वर्ष’ मनाइने

बागलुङ : वि.सं. २०८०लाई ‘कालिका दर्शन वर्ष’ का रूपमा मनाइने भएको छ । यहाँस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दर्शन वर्षको आयोजना गर्न लागिएको हो । यद्यपि ‘कालिका दर्शन वर्ष’ को औपचारिक घोषणा भने नयाँ वर्षका दिन आउँदो वैशाख १ गते गर्ने तयारी छ । मन्दिर गुठीका अध्यक्ष

राजु खड्काका अनुसार विसं २०८० मा ५० लाख दर्शनार्थी/पर्यटक मन्दिरमा भित्र्याउने लक्ष्य लिइएको छ । “दुई वर्ष पूर्वाधार तयारी र प्रचारप्रसारको काम गर्छौँ”, उहाँले भन्नुभयो, “विसं २०८० मा

बढीभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकलाई मन्दिरको दर्शन गराउने, घुमाउने योजना छ ।” मन्दिरलाई जोडेर जिल्लाका अन्य धार्मिक एवं पर्यटकीय सम्पदाको प्रवद्र्धन गरिने अध्यक्ष खड्काको भनाइ छ ।

सो वर्ष हरेक महिना जिल्लास्तरमा विशेष ढङ्गले पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ । त्यसका लागि स्थानीय तहदेखि राज्यका निकाय र पर्यटनसँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गरिने गुठीले जनाएको छ ।

प्रवासी नेपाली र तिनका संस्थामार्फत दर्शन वर्षको प्रचारप्रचार विदेशमा गरिने अध्यक्ष खड्काले बताउनुभयो । दर्शन वर्षको कार्यक्रमिक खाका बनाउने काम अहिले भइरहेको जनाइएको छ ।

सोही वर्षदेखि कालिका मन्दिर परिसलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने पनि तयारी भइरहेको छ । विसं २०७९ सम्ममा प्लाष्टिकको प्रयोगलाई निरुत्साहित र न्यूनीकरण गर्दै जाने गुठीको योजना छ ।

‘कालिका दर्शन वर्ष’ ले जिल्लाको धार्मिकसँगै समग्र पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य टेवा पुग्ने बागलुङ पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो ।

उहाँले बागलुङको पर्यटनलाई उकास्न कालिका दर्शन वर्ष जस्ता प्रवद्र्धनात्मक कार्यक्रमले टेवा पुर्याउने उल्लेख गर्नुभयो । सरकारद्वारा सूचीकृत पर्यटकीय गन्तव्यस्थलमा पर्ने कालिका भगवती

मन्दिरमा बर्सेनि बडादशैँ र चैत्राष्टमी पर्वमा ठूलो मेला लाग्ने गर्छ । कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । देशका विभिन्न भागदेखि भारतसम्मबाट यहाँ दर्शनार्थी आउँछन् ।

माघ र साउन महिनाबाहेक वर्षभरि नै मन्दिरमा भक्तजनको भीड लाग्छ । विसं १५९१ मा स्थापित सो मन्दिरमा वार्षिक रु एक करोडभन्दा बढी भेटी उठ्छ ।

बागलुङ नगरपालिका–१ मा पर्ने मन्दिरलाई विश्वसम्पदा सूचीमा पार्न पहल गरिए पनि त्यसले अझै साथर्कता पाएको छैन । रासस

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *