३० बढी अवार्ड जितेको, चीनदेखि हलिउडसम्म पुगेको फिल्म, हेर्नुस् युट्युबमा(पुरा फिल्म )

मनोरञ्जन

e nepaalisamchaar /अहिले फिल्म ‘दृश्यम-२’ को चर्चा व्यापक छ। दर्शक र समीक्षकको मन जितिरहेको ‘दृश्यम-२’ जस्तै यसको पहिलो भाग ‘दृश्यम’ ले पनि जबर्जस्त प्रतिक्रिया पाएको थियो। सुरूमा मलयालम भाषामा बनेको फिल्म दृश्यम पछि भारतका महत्वपूर्ण भाषा तामिल, कन्नड, तेलेगु र हिन्दीमा बने। यी सबै भाषाका दृश्यम चर्चित छन्। चिनियाँ भाषामा पनि ‘शीप विदआउट अ सेफर्ड’ नाममा रिमेक भइसकेको यो फिल्म श्रीलंकाको सिन्हाली भाषामा पनि बनेको छ भने हलिउड रिमेक बन्ने घोषणा भइसकेको छ।

संसारभर फैलिएको दृश्यम सुरूमा मलयालम भाषामा बनेको थियो। जितु जोसेफको निर्देशन र लेखनमा बनेको यो फिल्म पारिवारिक थ्रिलर ड्रामा हो। दृश्यम-२ को चर्चा भइरहेको यो बेला हेर्न छुटेको भए दृश्यम हेर्नु उपयुक्त समय हो। अजय देवगण र तब्बू अभिनित बलिउड रिमेक दृश्यम मात्र हेरेकालाई पनि ओरिजिनल दृश्यम हेर्दा रमाइलै लाग्ला। सन् २०१३ मा सार्वजनिक भएको दृश्यम मलयालम भाषाको त्यसबेलासम्मकै सर्वाधिक बक्स अफिस कलेक्सन गर्न सफल भएको फिल्म हो।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *