उडिरहेको विमानमा बिरालोले मच्चायो तहल्का : विमान आकस्मिक अवतरण

समाचार

e nepalisamchar /सुडानको राजधानी खार्तुमबाट विमान उडेको केही बेरमै एक बिरालोले ककपिटमा पाइलटमाथि आ’क्र’मण गर्दा यात्रुवाहक विमान पुनः विमानस्थल फर्काउनुपरेको छ ।

आ’क्रो’शित बिरालो कसरी ककपिटमा पसेको हो थाहा हुन सकेको छैन ।

घ’टना अघिल्लो बुधवार भएको हो । तार्को एयरलाइनको विमान खार्तुमबाट कतारको राजधानी दोहा जान लागेको बेलामा यस्तो अनौठो घ’टना हुन पुगेको हो ।

विमान उडेको लगभग आधा घन्टापछि बिरालोलाई पाइलटको क्याबिनमा भेटिएको थियो ।

उडिरहेको विमानमा बि’रालो आत्तिएर आ’क्रा’मक हुन पुगेको थियो र विमान कर्मचारीहरूमाथि आ’क्र’मण गर्न पुगेको थियो । त्यसमा नि’य’न्त्र’णमा लिने सबै प्रयास विफल भएपछि पाइलटले विमान फर्काएर खार्तुम नै लग्ने निर्णय लिए ।

उक्त विमान खार्तुम विमानस्थलको ह्यांगरमा राति राखिएको र सफाइका लागि ढोका खो’लिँदा बिरालो सुट्ट पसेको हुन सक्ने बताइएको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *