यस्तो स्ट्याटस लेख्दै बिप्लवले गरिदिए १० जना सरकारी सुरक्षाकर्मी फिर्ता !

समाचार

E nepaalisamchaar/ केही दिन अघि मात्रै शान्तीपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले फेरि एक पटक उदाहरणीय र प्रशंसनीय कदम चालेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले विप्लवको सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा टोली खटिएको जानकारी दिए । सरकारले विप्लवको लागि अगुवा गाडि पनि उपलब्ध गराएको थियोे ।

तर नेकपाका महासचिव विप्लवले सुरक्षा व्यवस्थाका लागि आफू नेता कार्यकर्ता र जनता संगै भएकोले सरकारी सुरक्षाआवश्यक नरहेको भन्दै फिर्ता पठाएका छन् ।सरकार र विद्रोही नेकपा विच सहमति भएपछि गतहप्ता नवलपुर बाट सार्वजनिक भएका विप्लवलाई प्रहरीले नवलपुर बाट स्कट्ङी गर्दै काठमाडौ पुर्याएको थियोे ।सरकार र नेकपा विच सहमति भए पश्चात् विप्लव राजनीतिक भेटघाट एवम् पार्टी संगठनका काममा सक्रिय हुदै आएका छन् ।

यसैक्रममा पार्टी निकट महिला संगठनको राष्ट्रिय सम्मेलनका लागि कपिलवस्तु पुगेका विप्लवले त्यहाँ बाट सुरक्षा फिर्ता गरेको स्रोतले बतायो ।महासचिव विप्लवले जनताको विचमा छु,मलाई त्यस्तो छुट्टै सुरक्षा चाहिदैन्,तपाईंहरूलाई धन्यवाद भन्दै फिर्ता पठाउनु भयो

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *