ओलीको कदमले माओवादी केन्द्र पनि आत्तियो, एकाविहानै बसेको आकस्मिक बैठकले गर्यो यस्तो निर्णयहरु

समाचार

E nepalischaqr/काठमाडौ । संसद पुनस्र्थापना पछि नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थिएन । संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय पछि सडकमा आएको प्रचण्ड र नेपाल समुहलाई अहिले फेरी अदालतको निर्णयले अलग गरिदिएको छ । दुवै पार्टी पुर्ववत अवस्थामा फर्किए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

नेकपा एमालेको ओली पक्षले शुक्रवार एकलौटी बैठक बस्दै अध्यक्ष र महासचिव वाहेक सबै पद खारेज गर्दै महाधिवेशन समेत गर्ने मिति तोकेपछि राजनीतिक घटनाक्रम फेरीएको छ । माधव नेपाल पक्षलाई पुरै वाइपास गरेर ओली पक्षले एकलौटी निर्णय गरेका हुन् । एमालेको यस्तो निर्णय पछि माओवादी केन्द्रले पनि केपी ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान बसेको स्थायी कमिटी बैठकले ओली सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता लिलामणि पोख्रेलले जानकारी दिए।

बैठकले चैत १ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ। ‘बैठकले एमालेको केन्द्रीय समितिमा सिफारिस भएका हाम्रो पार्टीका २३ जना नेतालाई आफ्नो पोजिशन २४ घण्टाभित्र स्पष्ट पार्न पनि बैठकले निर्देशन दिएको छ,’ नेता पोख्रेलले भने, ‘त्यतिन्जेलसम्म पनि उहाँहरु आफ्नो पार्टीमा नफर्किएमा कारबाही हुनेछ।’

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *