हे भगवान् जवान छोरा गुमाएकी कन्चनको आमालाई फेरि पर्यो अर्को यस्तो बज्रपात ! (भिडियो सहित हेर्नुहोस् )

समाज


यो पनि पढ्नुहोस:
e nepalisamchaar / कैलाली, चैत १ । प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी ओलीको साथमा उभिनुभएका उद्योगमन्त्री लेखराज भट्ट एमालेमै रहनुभएपछि सुदुरपश्चितमा माओवादी छाडेर एमालेमा आउने क्रम ह्वात्तै बढेको छ । सुदरपश्चिमका लोकप्रिय नेता भट्ट नेकपा एमालेको इञ्चार्ज बनेसँगै पूर्वमाओवादी नेता कार्यकर्ता प्चण्ड त्यागेर एमालेमा आउने क्रम बढेको हो ।

माओवादीबाटै प्रदेश सभा सदस्य हुँदै मन्त्री बन्नुभएका झपट बोहरा एमालेमा लाग्नुभएको छ । माओवादीबाट चुनाव जित्नुभएका बोहोराले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । सो पदबाट राजीनामा दिएर ओलीतिर लाग्नुभएका बोहोरा शुक्रवार रामबहादुर थापा बादल समूहबाट एमालेमा थपिएका २३ जना केन्द्रीय सदस्यहरूमा समावे हुनुहुन्छ ।

माओवादी केन्द्रबाट एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी पाए लगत्तै शुक्रबार साँझ अनेरास्ववियू कैलाली तथा युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताहरुले उहाँलाई सम्मान गरेको छ । पूर्वमन्त्री बोहराले अव फेरि माओवादीमा फर्किने सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । ‘मैले त्यो बेला मन्त्री त त्यागेँ, अहिले सांसद पदको धेरै चिन्ता छैन,’ बोहोराले भन्नुभयो ।

त्यसो त अहिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो समीकरणका खेलाडी लेखराज भट्ट बन्नुभएको छ । माओवादी केन्द्रमा हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सबै भन्दा विश्वास पात्रको रूपमा चिनिनुभएका भट्ट अहिले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बन्नुभएको छ । नेकपा विवाद हुँदा ओलीलाई समर्थन गर्नुभएका भट्टले अहिले एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी पाउनु भएको छ । वर्तमान सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरी पनि अहिले एमालेमै हुनुहुन्छ । चौधरी माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य हुँदै मन्त्री हुनुभएको हो । उहाँ पनि अब माओवादीमा फर्किन नसकिने बताउँनु हुन्छ ।

केन्द्रदेखि जिल्ला र गाउँ टोलमा पनि अहिले माओवादीबाट एमालेमा र एमालेबाट माओवादीमा जाने चर्चा बढिरहेको छ । सुदूरपश्चिम प्रदेशमा एमालेबाट माओवादीमा जाने अहिलेसम्म देखिएका छैनन् । माओवादी केन्द्रबाट भने ठूलो सङ्ख्यामा एमालेमा जाने क्रम बढेको छ । लेखराज भट्टले प्रदेश इन्चार्जको जिम्मेवारीपछि माओवादी केन्द्रमा भट्ट निकट रहेका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने क्रम बढेको हो ।

शनिवारमात्रै नेकपा माओवादी केन्द्र बाजुराका संयोजक भरत बुढासहित ६ जना माओवादी केन्द्रका नेता नेकपा एमालेमा लाग्नुभएको छ । बुढासहित पोलिट ब्युरो सदस्य सहदेव बोगटी र मिलन खत्री, केन्द्रीय आयोजक कमिटी सदस्य अर्जुन रोकाया, काली धराला र सुरेश रोकाया पनि एमालेमा प्रवेश गर्नुभएको हो । सुदूरपश्चिमबाट लेखराज भट्टले माओवादी छाड्दा त्यसको असर कन्चनपुरसम्म परेको छ । एमाले माओवादी एकीकरणपछि कन्चनपुरको अध्यक्ष बन्नुभएका वीरवहादुर थापा पनि एमालेमै उभिनुभएको छ ।

सुदूरपश्चिमका ९ जिल्लाबाट तत्कालिन माओवादीले प्रत्यक्षतर्फ तीन सिट जितेको थियो । तीमध्ये विना मगरमात्र माओवादीमा हुनुहुन्छ भने लेखराज र गौरीशंकर एमालेको केन्द्रीय सदस्य भइसक्नु भएको छ । तत्कालीन एमालेबाट जितेका प्रत्यक्ष निर्वाचित ११ जना सांसदमध्ये अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दिपकप्रकाश भट्ट माधव माधव नेपाल पक्षमा उभिनुभएको छ । अरु सबै सांसद केपी ओली निकट छन् ।

एमाले पुनःजीवित भएपछि भीम रावलको सुदूरपश्चिम इन्चार्ज पद खोसिएको छ । यसअघि नेकपा विभाजनकै बेला ओलीले इन्चार्ज बनाउनु भएको लेखराजलाई नै एमालेले तत्कालको लागि इन्चार्जमा निरन्तरता दिएको छ । यसरी प्रादेशिक रुपमा हेर्दा प्रचण्डलाई सबैभन्दा ठूलो क्षति पनि सुदूरपश्चिमै भएको छ । सुदूरपश्चिममा माओवादीका सबैभन्दा ठूला नेता लेखराज नै हुन । एमाले माओवादी व्यूँतिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार समेत संकटमा परेको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *