दोस्रो चरणको लकडाउनका लागि तयारी तीब्र यस्तो छ सरकारि तयारी

समाचार

e nepaalisamchaar/ काठमाडौं । छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा कोरोना संक्रमण तीव्र भएको छ । यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ । केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले संक्रमण दर उच्च हुँदै गए लकडाउनसम्म हुनसक्ने संकेत गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण दर उच्च भएमा लकडाउनसमेत हुन सक्ने भन्दै आमजनतालाई सतर्क हुन आग्रह गरेका छन् ।

‘संक्रमण दर उच्च भए त्यसको चेन ब्रेन गर्न लकडाउन पनि गर्नुपर्ने अवस्था आउन सक्छ । अन्य अवस्थामा जनस्वास्थ्य मापदण्ड अपनाएर नियमित काम जारी राख्नुपर्छ, उनले भने । उनले होली पर्व पनि सामाजिक दूरी कायम गरी मनाउन आग्रह गरे ।

भारतमा संक्रमण बढेका कारण नेपालले सतर्कता अपनाएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए । भारतबाट आउने केही पोजेटिभ पनि देखिएको छ ।

यता, सरकारले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने जनाएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले उक्त कुरा बताएका हुन् ।

‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्नेछ’ अधिकारीले भने, ‘संक्रमित संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।’

चैत १५ र १६ गते मनाइने फागू पर्व (होली)लाई घरमै रहेर मनाउन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे । बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनले आग्रह गरे ।

भारत र नेपाल सीमावर्ती नाकामा हेल्थ डेस्कको व्यवस्था गर्न र आवश्यक सुरक्षा पनि सरकारले गर्ने उनले जनाए । मन्त्रालयका अनुसार मुलुकमा २४ घन्टामा १४५ संक्रमित थपिएका छन् । ३,९६३ पीसीआर परिक्षण हुँदा १ जनाको मृत्यु भएको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *