सूर्य थापाले जिन्दगीमा पहिलो पटक यसरी गरे माधव नेपाल पक्षको प्रशंसा !

समाचार

e nepaapisamchaar/काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सम्भवतः पहिलोपटक माधवकुमार नेपाल पक्षको प्रशंसा गरेका छन्।

नेपाल पक्षका सांसदले प्रदेश नं १ र बागमतीका मुख्यमन्त्रीविरुद्धका अविश्वास प्रस्ताव फिर्ता गरेपछि ओली कित्ताका एमाले केन्द्रीय सदस्य थापा खुसी भएका हुन्।

अविश्वास प्रस्ताव फिर्ताले एकता र स्थिरताप्रति सकारात्मक भूमिका खेल्ने उनको विश्वास छ।

‘‘प्रदेश १ र बागमतीका मुख्यमन्त्रीविरुद्ध ल्याएका अविश्वास प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत हो,’ बिहीबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘हिजो जुनसुकै कारणले अराजकता देखिए पनि आज अनुशासन, एकता, स्थिरता र बलियो सरकार पक्षका यी कदम सही छन्।’

उनको आग्रह छ, ‘कर्णाली र सुदूरपश्चिममा पनि जनादेशअनुरूप निष्कर्षमा पुग्नु अनिवार्य छ।’

प्रधानमन्त्रीले सिंहदरबारमा बोलाए मन्त्रिपरिषद्को बैठक
प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बालुवाटारमा बस्दै आएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने स्रोतले जानकारी दियो । स्रोतकाअनुसार बैठकमा विभिन्न मन्त्रालयहरुका एजेण्डाका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीले केहीसमय अगाडि पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गरेका थिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि उनले नियमित काम कारबाही सिंहदरबारबाट सञ्चालन गर्ने भएका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पश्चिमबाहेकका तीन मोहडाको लागत रु ८७ करोडमा पुनःनिर्माण गरेको थियो ।

भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरमै रहेको तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *