ओलि राजीनामा दिन तयार हुदा पनि समर्थन फिर्ता लिन प्रचण्ड किन डराइरहेकाछन ?यस्तो छ खास कारण

समाचार

e nepalisamchaar //काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीसहित राजीनामा दिन तयार भएको सार्वजनिक रुपमा बताइसकेका छन् ।

तर, उनले राजीनामा दिनुअघि सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई प्रधानमन्त्री ओलीले राजीनामा लिन चुनौती दिएका हुन् ।

शनिबार १६५ निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न ।’

अघिल्लो शनिबार एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिनमै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए । तर, एक साता पुगिसक्दा पनि फिर्ता नलिएपछि प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिए राजीनामा दिने बताएका हुन् ।

किन डराए प्रचण्ड ?
प्रधानमन्त्री ओलीको राजीनामा मागेको माओवादी केन्द्रले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिन किन आनाकानी गरिरहेको छ, जसलाई रहस्यमयका रुपमा हेरिन थालिएको छ ।

आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको एक सातापछि र आफू राजीनामा दिन तयार रहेको प्रधानमन्त्री ओलीले भनेको भोलिपल्ट आइतबारका लागि प्रचण्डले डाकेको स्थायी समिति बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएको थियो ।

तर, आइतबार बस्दै नबसी बैठक स्थगित गरेर माओवादी केन्द्रले बारम्बार द्वैध चरित्र प्रदर्शन गरिरहेको छ । नेताहरुको व्यवस्तालाई कारण देखाएर बैठक स्थगित गरेका प्रचण्ड र ओलीबीच केही खिचडी त पाक्दै छैन भन्ने आशंका उब्जाउन थालेको छ ।

माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भने,` अहिले समर्थन फिर्ता लिहाल्ने तर जसपाले सहयोग नगर्ने भएमा फेरि ओलिले नै निरन्तरता पाउछन् यस्तो भएमा ओलि फेरि झनै शक्तिशाली हुन्छन् र उनकै नेतृत्वमा आगामी चुनाव हुन्छ ।

यसैगरी जसपालाइ माओवादी केन्द्रले आफ्नो साथमा लिन नसके ओलिकै नेतृत्वमा चुनावी सरकार बनाउनुपर्छ यस्ले ओलिलाई अति नै शक्तिशाली बनाउछ र थप लोकतन्त्र कमजोर बन्छ।यो बाहेक माओवादी केन्द्रले अरु केही छलकपट गरेको छैन ।परिपक्व निर्णयको लागी समय कुरेको मात्र हो।´

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *