निर्वाचन आयोगले नेकपा एमाले ओलीलाई दिए पनि नआत्तिन कार्यकार्तालाइ नेपालको आग्रह: भन्छन् मसंग ओलिलाइ ढाल्ने यस्तो योजना छ (भिडियो सहित हेर्नुहोस् )

समाचार

e nepaalischqrv// काठमाडौँ — नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रूपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

मंगलबार आफू निकट वाग्मती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई वैधानिकता दिइ अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन् । उनले समस्या आएमा समाधान निकाल्ने बताए ।आफ्नो पक्षमा लागेका कुनै पनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताए ।

एमाले विवाद : वाग्मती प्रदेशमा खनाल-नेपाल पक्षको समानान्तर कमिटी (नामावलीसहित)

एउटै डुंगामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्‍याइ छाडने प्रतिवद्धता उनले व्यक्त गरे । उनले भने, ‘भोलि वैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईंहरुलाई परेको होला । नआतिनुहोस्, जहाँ समस्या छ त्यहाँ समाधान छ ।

समाधान हामी निकाल्ने छौं । त्यसो हुनाले बीचमा तपाईंहरुलाई छाडने छैनौं । तपाईंहरु र हामी एउटै डुंगामा सवार भएका छौं । त्यो डुंगालाई सफलताका साथ वारीबाट पारी पुर्‍याइ छाडने छौं । लक्ष्यसम्म पुगी छाडने छौं । त्यसो हुनाले आत्तिनुपर्ने केही छैन ।’

नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकताबद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारेका छन् । त्यस क्रममा विभिन्न राजनीतिक दलहका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि बताए । उनले भने, ‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍यौं ।

उहाँहरु सकारात्मक हुनुहुन्छ । नेकपा माओवादी मोहन वैद्यजीहरुको समूहसँग कुरा गर्‍यौं । उहाँहरु पनि सकारात्मक हुनुहुन्छ । अरु लोकतान्त्रिक पार्टीहरु पनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ । हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौं ।

हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदि हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले बाधा अवरोधहरु खडा गर्‍यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौं । यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं ।’

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि उनले बताए । आफूलाई दाहालसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्यकमेल गरिरहेको उनले बताए । तर केपी ओलीले दाहालसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए ।

अहिले दाहाल र अन्य दलहरुसँगको दूरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालको भनाइ थियो ।

यस्तै, केपी ओलीले आफूहरुलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरुप देखाएको पनि नेता नेपालले बताए । आफूहरुमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको उनले बताए ।

त्यस्तै, अहिले प्रतिनिधिसभा ब्युँतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दै हिँडिरहेको उनले बताए । उनले केपी ओलीसँग जोडिएका व्यक्तिहरुले आफूहरुलाई पहिलादेखि नै सताउँदै आएको पनि बताए ।

२०५१ सालदेखि नै मदन भण्डारी फाउण्डेसन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिँडेको स्पष्ट देखिएको उनले बताए ।

अहिले आफूहरुले पार्टी जोगाउन र बचाउन धेरै प्रयत्न गरेपनि केपी ओलीको अगाडि नसकेको उनले बताए । केपी ओलीको प्रवृत्तिलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि उनले स्पष्ट पारे ।

ओलीसँग आफूहरुको विचारमा विवाद भएको बताउँदै उनले आफूहरु सामूहिकता, बहस र विचार मन्थनमा विश्वास गर्ने तर अध्यक्ष ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने भएकाले विवाद भएको बताए ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *