तीन दल बैठक जानुअघि खुल्यो यस्तो पोल: ओलीसँग महन्थको ‘भद्र सहमति’, शीर्ष नेता बेखबर !

समाचार

e nepalisamchaar // काठमाडौं । यतिबेला सत्ता समीकरणका लागि दलहरुबीच छलफल तीव्र छ । जनता समाजवादी पार्टी सत्ता गठबन्धन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तहमा रहेको छ ।

यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुरले ‘भद्र सहमति’ गरेकोले सरकार परिवर्तनको खेल पछिल्लो समय सेलाउँदै गएको बुझिएको छ ।

स्रोतका अनुसार जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसँग नेकपा एमालेको विरुद्धमा नजाने सहमति बताइएको छ । उक्त सहमतिबारे जसपा नेपालका अन्य शीर्ष नेतासमेत बेखबर रहेको स्रोतका भनाई छ । अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीसँग पछिल्लो समय नियमित छलफलमा छन् ।

जसपा नेपालले राखेको माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक भएपछि अध्यक्ष ठाकुरले नेकपा एमालेले नेतृत्व गरेको सरकारको विरोधमा जाने सहमति गरेको हो ।

अध्यक्ष ठाकुरका अनुसर प्रधानमन्त्री ओलीले सुरुदेखि सरकारमा सहभागी हुन बोलाएको र आफु्हरु माग पूरा नभएसम्म सरकारमा नजाने भनेर दिएको बताए ।

त्यसपछि सरकारलाई बाहिरबाट समर्थन गर्न र अरुलाई पनि समर्थन नगर्नुस्, तटस्थ बसिदिनुस् भन्ने कुरा ओलीले गरेको नेता महन्थको भनाई छच । ‘हामीले कसैलाई समर्थन गर्दैनौं तटस्थ बस्छौँ भनेर उहाँलाई बचन दिएका छौं ।’ अध्यक्ष ठाकुरले भने ।

स्रोतका अनुसार अध्यक्ष ठाकुरसँग वार्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीले तीनवटा प्रस्ताव गरेका थिए । पहिलो प्रस्ताव जसपालाई सरकारमा आमन्त्रण र दोस्रो विकल्पका रुपमा सरकारमा सामेल नभए पनि बाहिरबाट एमाले सरकारलाई समर्थन गर्न ठाकुरसमक्ष प्रस्ताव गरेका थिए ।

यी दुवै विकल्प अमान्य भएको अवस्थामा ओलीले ठाकुरलाई अन्य कुनै दललाई समर्थन नगर्न प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार ठाकुरले तेस्रो विकल्प रोजेको हो ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा जसपा नेपालले ओलीको विरोधमा मत नदिने स्रोतले बतायो । त्यसो त, अध्यक्ष ठाकुरले पनि प्रधानमन्त्री ओलीले आफूहरुको माग पूरा गर्ने प्रक्रिया सुरु गरिसकेको कारण आफूहरु अहिले सरकारको विरोधमा जान नसक्ने बताउँदै आएका थिए ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *