बैशाख १ गतेबाट यी ५ राशीको खुल्नेछ भाग्य, कमाएको देखेर दुनियाँ जल्नेछ्न (हेर्नुहोस भिडियो सहित)

समाचार

र यो पनि पढ्नुहोस :गण्डकी प्रदेश सरकार धरापमा
गण्डकी प्रदेश सरकार धरापमा पर्ने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध राष्ट्रिय जनमोर्चा (राजमो) पनि उभिएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र राजमोले दिएको समर्थन फिर्ता लिने भएका छन् ।

माओवादीले समर्थन फिर्ता लिए पनि राजमोले साथ दिँदा सरकार जोगिन्थ्यो । राष्ट्रिय जनमोर्चाले पनि माओवादीसँगै समर्थन फिर्ता लिने प्रस्ट्याएसँगै सरकार धरापमा पर्ने भएको हो ।

राजमोका अध्यक्ष चित्रबहादुर केसीले अफ्नो पार्टीले नेकपाको सरकारलाई समर्थन गरेको, तर एमाले सरकारलाई समर्थन नगरेको बताए । केसीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रसँगै फिर्ता लिने प्रस्ट्याएका छन् ।

औपचारिक जानकारी नदिए पनि आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको उनको तर्क छ । ‘हामीले नेकपाको सरकारलाई समर्थन गरेका हौँ । एमालेको सरकारलाई समर्थन गरेका होइनौँ ।

औपचारिक जानकारी नदिएको भए पनि हाम्रो समर्थन वर्तमान सरकारलाई छैन । गण्डकी प्रदेशमा पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्दा हामीले पनि सँगै फिर्ता लिन्छौँ,’ उनले भने ।

अध्यक्ष केसीले अझै पनि नेकपा एमाले र माओवादी केन्द्र मिलेर अगाडि बढेमा भने आफूहरूको समर्थन रहने प्रस्ट्याए । त्यसका लागि केन्द्रमा प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा एमाले र माओवादी केन्द्रबीच सहकार्य गर्ने आधार तयार हुने बुझाइमा रहेका केसीले त्यसपछि सरकारमा पनि समस्या नहुने धारणा राखे ।

प्रदेश सरकारले गरेका कामका आधारमा भन्दा पनि प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य–मान्यताविपरीत चलेको र पार्टीको निर्णय नमानेर पार्टी विभाजित गरेको तर्क गर्र्दै उनले ओलीकै कारण नेकपा विभाजित भएको बताए ।

अब राष्ट्रिय जनमोर्चाले ओलीले नेतृत्व गरेको पार्टीले सञ्चालन गर्ने सरकारलाई समर्थन गर्छ भनेर कोही भ्रममा नपर्न उनले आग्रह गरे । उनले भने, ‘ओलीको अराजक शैलीलाई समर्थन गर्न सकिन्न । उनी नेतृत्वको पार्टीले सञ्चालन गर्ने कुनै पनि सरकारलाई हाम्रो समर्थन रहन्न । कोही भ्रममा नपरे हुन्छ ।’

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *