सपनामा यी ५ कुराहरू देखिए बुझ्नु ७ दिनमा जीवनमा निकै राम्रो हुदैछ

समाचार

e nepaaliamchaqr//सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न मात्र सक्दछौं आफैले थाहा पाउन गाह्रो हुन्छ वा हामी आफैले जाँचेका छैनौं विश्लेषकहरु भन्छन्, अरुको भनाइमा लागेर अनुमान मात्र गर्नु वा यो राम्रो, यो नराम्रो भन्नु गलत हो आफूले देखेका सपनाको आफैले विश्लेषण गर्न सकिन्छ ।

कुन सपना देख्दा कस्ता घट्ना घटे, आफ्ना सपनाको विश्लेषण आफै गर्नुपर्दछ व्यक्ति अनुसार सपना फरकफरक हुने गर्दछ एकजना मानिसले एउटा सपना देख्दा शुभ हुन्छ भने त्यही सपना अर्को मानिसले देख्दा अशुभ पनि हुन्छ व्यक्ति अनुसार सपनाको फल शुभ वा अशुभ हुने गर्दछ ।

महिलाको देब्रे आँखा फर्फराउँदा शुभ भनिन्छ भने पुरुषको दाहिने आँखा फर्फराउदा शुभ मानिन्छ तर पुरुषको देब्रे आँखा फर्फराउँदा पनि शुभ भएका घट्नाहरु सुनिन्छन् सपनाले भविष्यप्रति संकेत गर्छ कि गर्दैन यो पनि यकिन गर्न कठिन छ तर पनि आफ्नो सपनाको आफैँले विश्लेषण गरेर दाहिने आँखा फर्फराउँदा कस्ता घटना घटेका थिए र देब्रे आँखा फर्फराउँदा कस्तो घट्ना घटेका थिए आफैले अध्ययन गरी विश्लेषण गर्न सकिन्छ ।

सबै सपनाको फल आउँछ भन्ने हुँदैन विपनामा पनि त सपना आइरहेको हुन्छ मनमा कुरा खेलिरहेको छ तरङ आइरहेको छ बितेका घट्नाहरुको झझल्को आइरहेको हुन्छ भोलि के हुन्छ भनेरे कुरा खेलिरहेको हुन्छ कल्पना आइरहेको छ अहिले भर्खर वर्तमानमा के भइरहको छ भन्ने याद हुँदैन भने ती पनि सपना नै हुन् हामी बिऊँझेर पनि सपना देखिरहेका हुन्छौँ ।

त्यही सपना देख्ने क्रम राति पनि रहन्छ दिउँसो हाम्रो चैतन्यता प्रगाढ हुन्छ, बिउँझेको बेलामा त्यस्ता सपनाहरु ओझेलमा पर्दछन् राती हाम्रो चेतना निदाउँछ अथवा चेतना कम हुन्छ त्यस्तो बेलामा सपनाहरु प्रकट हुन्छन् आकाशमा सधैँ ताराहरु उदाइरहेका हुन्छन् तर सूर्य उदाएका बेलामा नदेखिने मात्र हो ।

त्यस्तै गरी हाम्रो चेतना लुप्त हुन्छ, निदाएको बेलामा हाम्रो चेतनामा बाहिरको वातावरण जान्ने क्षमतामा कमी आउँछ कल्पना, मनमा खेल्ने कुरा वा मनमा देखिएका कुराहरु प्रगाढ हुन्छन् जब हामी बिउँझिन्छौ चेतना प्रगाढ हुन्छ सपनाहरु र कल्पनाहरु देखिँदैनन् तर सपना भने निरन्तर चलिरहेको हुन्छ हामीले गरेका कल्पनाहरुले पनि प्रभाव छोड्छन् अनि सपना देखिन्छन् ।

कहिलेकाहीँ मनमा आउने तरङ्गहरुले भोली हुने घट्ना संकेत गर्दछ र भोली त्यस्तै घट्ना हुन्छ यदाकदा दिउँसो चल्ने सपना पनि पूरा हुन्छ राती देखिने सपनाले भविष्य संकेत गर्दछ यो निरन्तर चलिरहने प्रक्रिया हो हाम्रो चेतना, अन्तस्करण अत्यन्तै प्रभावशाली छ।

यसलाई भूत, भविष्य र वर्तमानको ज्ञान छ हाम्रो अन्तस्करणलाई थाहा नभएको कुरा केही छैन सर्वज्ञाता छ, भविष्यको पनि ज्ञान छ, बितेका कयौं युगदेखि घटेका घट्ना पनि संग्रहित छ ।

कहिलेकाहीँ यो अन्तस्करणबाट भविष्यको कुरा बाहिर आउँछ, कहिले आउँदैन । बाहिरी आवरण,हाम्रो कामना, मोह, ईच्छाहरुले अन्तस्करणलाई ओझेलमा पारेको छ र हामीले भविष्यमा हुने घट्नाहरु देखिरहेका छैनौं ।

एकैछिन शान्त भयौं भने तथा ध्यानको अवस्थामा पनि भविष्यको संकेत आउँछ अन्तस्करणबाट जे आउँछ त्यो प्रति हामी सजक हुनुपर्दछ आफूप्रति सजक भयौं भने मात्र कुन सपना, कुन कल्पना र धारणाले कस्तो प्रभाव पार्दछ हामी स्पष्ट हुन्छौँ ।

सपनाको बारेमा गितामा भगवान कृष्ण अर्जुनलाई संकेत गर्नुहुन्छ सारा संसार सुतिरहेको हुन्छ, योगीहरु बिउँझिरहेका हुन्छन् दुनियाँ निदाएको अवस्थामा योगीहरु जसले होसका साधना गरेका हुन्छन्, सजकताको साधना गरेका हुन्छन् ।

जतिबेला पनि जागरुक रहने, वर्तमान क्षणमा बसिरहने साधना गरेका हुन्छन् यस्ता व्यक्तिहरु निदाएर पनि निदाउँदैनन् अथवा शरीर पुरै निदाएको हुन्छ तर चेतना निदाउँदैन सामान्य मानिसको सुतेपछि शरीर निदाउँछ, मन निदाउँछ, मन निदाएको अवस्थालाई सुसुप्ति भनिन्छ ।

त्यो अवस्थामा शरीरको साथसाथै थाहा पाउने क्षमता र चेतना निदाउँछ तर योगीहरुको निदाउँदैन उनीहरुले होस र सजकताको अभ्यास गरेका हुन्छन् त्यही अभ्यासको कारणले सपना देख्दा पनि थाहा हुन्छ पहिलो प्रहर,सुरुमा सुत्नासाथ शरीर निदाउँछ मन निदाएको हुँदैन त्यो बेलामा सपना पनि योगीहरु देखेका हुन्छन् ।

त्यसपछि मन निदायो र पनि थाहा पाउने क्षमता प्रगाढ छ शरीर निदायो मन निदायो तरपनि थाहा पाउने चेतना जागृत रहन्छन् त्यसै कारण आफ्नो चेतनालाई कहिल्यै बेहोस हुन दिनु हुँदैन मन निदाओस्, शरीर निदाओस् तर चेतना निदाउन दिनुहुँदैन चेतना निदाएको छैन, चेतनाको दियो बलेको छ भने नराम्रो सपना देखिँदैन होसपूर्वक निदाउन जानेपछि नकारात्मक सपनाहरु सबै हटेर जान्छन् ।

बेलुकी सुत्ने बेलामा यदि सम्भव हुन्छ भने आफूलाई अनुकुल मनतातो पानीमा नुहाउने, नुहाइसकेपछि सफा कपडा प्रयोग गर्नुपर्दछ जसले गर्दा शुद्धताको अनुभुति वा पवित्रताको अनुभुति मनमा आओस् आफ्नो विस्तारा वा प्रयोग गर्ने कपडाहरु सफा हुनुपर्दछ ध्यान गर्न सभ्भव हुन्न भने धारण गर्ने ।

बेलुकी सुत्ने बेलामा यदि सम्भव हुन्छ भने आफूलाई अनुकुल मनतातो पानीमा नुहाउने, नुहाइसकेपछि सफा कपडा प्रयोग गर्नुपर्दछ जसले गर्दा शुद्धताको अनुभुति वा पवित्रताको अनुभुति मनमा आओस् आफ्नो विस्तारा वा प्रयोग गर्ने कपडाहरु सफा हुनुपर्दछ ध्यान गर्न सभ्भव हुन्न भने धारण गर्ने ।

धारण भन्नाले आफूलाई मन पर्ने तस्वीरहरु सम्झने जस्तै, भगवानको तस्वीरहरु । आफूले मान्ने भगवानलाई सम्झँदा हृदय तरंगित हुन्छ जसलाई सम्झँदा हृदय तरंगित हुन्छ, त्यस्ता व्यक्तिहरुलाई सम्झँदा नराम्रो सपनाबाट हामी पुर्णतया वञ्चित हुन्छौं ईश्वर, भगवान तथा महापुरुषलाई सम्झियौं भने हाम्रो जीवनमा पनि उनीहरुकै प्रभाव पर्दछ र जीवन रुपान्तरण हुन्छ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *