यस्तो दाबी सहित दीपक मनाङेले मागे स्वतन्त्रको स्थान

समाचार

E nepaalisamchqr// पोखरा — आफू स्वतन्त्र सांसद भएको दावी गर्दै आएका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुड (दीपक मनाङे) ले गण्डकी प्रदेशसभामा स्वतन्त्र सांसदको लागि छुट्टै स्थानको माग गरेका छन । उनले सोमबार प्रदेशसभा सचिवालयमा स्वतन्त्र सांसदको सिट माग्दै निवेदन दर्ता गराए ।

मनाङ ‘ख’ बाट स्वतन्त्र उमेदवार बनेर चुनाव जितेका उनलाई मुख्यन्त्री पृथ्वीसुव्वा गुरुडले तत्कालीन नेकपामा प्रवेश गराएका थिए । नेकपा हाल एमाले र माओवादी केन्द्र बनेपछि उनले स्वतन्त्रको दाबी गरेका हुन ।

उनले सचिवालयमा दर्ता गराएको पत्रमा छ, ‘म मनाङ निर्वाचन क्षेत्र नम्बर (ख) बाट प्रत्यक्ष स्वतन्त्र निर्वाचित सांसद भएकोले संसद् भवनमा स्वतन्त्र सांसदको स्थान उपलब्ध गराइदिनु हुन विनम्र अनुरोध गर्दछु ।’

सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि उनले राष्ट्रिय जनमोर्चाले गर्ने निर्णयलाई हेरेर मतदान गर्ने बताए । भन्छन्, ‘सरकारलाई साथ दिन्छु भन्ने तर, सरकारमा पद नखोज्ने भएकाले मलाई राजमो मन परेको छ । यतिवेला अन्य दलले मन्त्री बनाउन खोजिरहँदा राजमोले साथ दिएर सरकार बाहिर रहने भनेको छ । त्यसैले मेरो मत राजमोले दिएको ठाउँमा हुनेछ ।’

नेकपाको नाममा आफ्नो पारिश्रमिकबाट गएको लेबीसमेत माग गर्दै उनले केही महिनाअघि निवेदन दिएका थिए । उनको खाताबाट नेकपाको नाममा १ लाख ४ हजार रुपैयाँ लेबी काटिएको थियो । गुरुङ हालसम्म सत्तापक्षकै कुर्चीमा बस्दै आएका छन् । पछिल्लो पटक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव टेबुल भएको छ l

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *