कमिसन नपाएपछि १० लाख डोज खोप नेपाल आउन नदिएको गम्भीर खुलासा

स्वास्थ्य

e nepalisamchaar // काठमाडौं:कमिसन नपाएपछि प्रधानमन्त्री केपी ओलीका भित्रियाले भारतबाट आउने १० लाख कोभिसिल्ड खोप रोक्न लगाएको विषयले अहिले व्यापक चर्चा पाएको छ । जसको चौतर्फी विरोध भएको छ ।

बेलायतको अक्सफोर्ड विश्‍वविद्यालयले विकास गरेको अष्ट्राजेनिका खोपको व्यावसायिक उत्पादन भारतको पुणेस्थित सेरुम इन्स्टिच्यूट इण्डिया प्रालिले सुरु गरेपछि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दियो ।नेपालले सेरमसँग थप २० लाख डोज खोपको सम्झौता गरेको थियो । त्यसमा १० लाख डोज खोप आइसकेको थियो । १० लाख डोज खोप आउन बाँकी थियो ।

तर, आफूले कमिसन पाउनुपर्ने भन्दै सेरुम इन्स्टिच्यूटका नेपाली कमिसन एजेण्ट सुरज वैद्य र विजय दुगडले खेलोफड्को गरेपछि रोकिएको बुझिएको छ ।त्यसपछि नै सेरुमले अचानक स्वास्थ्य मन्त्रालयलाई सम्झौता भइसकेको १० लाख डोज खोप दिन आनाकानी गर्दै स्थानीय एजेण्टमार्फत् प्रक्रिया अघि बढाउन आग्रह गर्दै पत्र पठाएको बुझिएको छ ।

सेरुमले पत्र पठाइसकेपछि कमिसन एजेण्टको चालबाजी बुझेका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी ओलीलाई ब्रिफ गरे । ‘हजुरहरूकै मान्छे हुन्, यस्तो चलखेल गरिरहेका छन् ।

के गर्ने हो ? जवाफमा प्रधानमन्त्रीले भने, ‘ए हो र रु तिनै पो रहेछन् ।’ वैद्य एमालेसँग निकट व्यवसायी हुन् ।प्रधानमन्त्री ओलीसँग उनको भित्री सम्बन्ध छ । सोही कारण ओलीले वैद्यलाई ‘भिजिट नेपाल २०२०’ को संयोजक बनाएका थिए ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *